३६.१९ अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
९ साउन २०८० १५:१०

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ। मंगलबार नेप्से परिसूचक ३६.१९ अंकले घटेर २१६४.३१ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.६२ अंकले घटेर ४११.१६  बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६७ कम्पनीको ७७ लाख १६ हजार २७७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ९१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा सोल्टी होटल अग्रिम स्थानमा छ। यसको आज १५ करोड २७ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिवम सिमेन्ट र ग्लोबल आईएमई बैंकको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचकमध्ये होटल तथा पर्यटनबाहेक सबै उपसूचक घटेको छ। आजको कारोबारमा किसान लघुवित्त र सिटी होटलका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, नबिल ऋणपत्र र बिपीडव्लु लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *