नरेन्द्र मोदीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिँदै

डिसी नेपाल
१० साउन २०८० ११:१८

काठमाडौं । भारतीय कांग्रेसले बुधबार संसदमा मोदी सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने भएको छ । कांग्रेस सांसद अधीर रञ्जन चौधरीले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन् ।

चौधरीले भने, ‘हामी सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याइरहेका छौं । जब हाम्रो पार्टीको तर्फबाट छलफल सुरु हुन्छ, पूर्वोत्तरका सांसद गौरव गोगोईलाई खटाइनेछ।’

आरजेडी सांसद मनोज कुमार झाले पीटीआईलाई भने- “सरल कुरा यो हो कि अविश्वास प्रस्तावमा तथ्यांकहरू हामीसँग छैनन्। यो तथ्याङ्कको प्रश्न होइन। जब लोकतन्त्रमा प्रधानमन्त्री साढे तीन महिना मौन बस्ने यस्तो अवस्था आउँछ, तब प्रधानमन्त्री मोदीले सदनमा आफ्नो कुरा राख्नुपर्छ । मणिपुरका जनताले प्रधानमन्त्री मोदीको सन्देश पाउनका लागि यो निर्णय लिइएको हो ।”

विपक्षी दलहरूले विगत केही दिनदेखि मणिपुरको मुद्दामा भाजपालाई घेराबन्दी गरिरहेका छन्। विपक्षी दलहरूले मणिपुरको मुद्दामा प्रधानमन्त्री नरेन्द्र मोदीले संसदको दुवै सदनमा बोल्नुपर्ने माग गरेका छन्। मणिपुरको मुद्दामा संसदको दुवै सदनमा धेरै दिनदेखि हंगामा भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *