खुट्टामा समस्या भएका बिरामीको पेटको शल्यक्रिया गरियो, अस्पताल सिल गरेर अनुसन्धान सुरु

डिसी नेपाल
११ साउन २०८० १२:२७

काठमाडौं । उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लाको एक निजी अस्पतालमा डाक्टरमाथि गम्भीर लापरवाही गरेको आरोप लागेको छ ।

आरोपका अनुसार बिरामी खुट्टाको उपचारका लागि अस्पताल पुगेका थिए तर डाक्टरले उनको पेटको शल्यक्रिया गरेका थिए ।

समाचार एजेन्सी एएनआईका अनुसार यस विषयमा यूपी सरकारको तर्फबाट लखिमपुर खिरीमा तैनाथ प्रमुख मेडिकल अफिसर डा. सन्तोष गुप्ताको बयान आएको छ।

यस विषयमा अनुसन्धान थालेको डा. गुप्ताले बताए । यससँगै सम्बन्धित अस्पताललाई सिल गरिएको छ ।

उनले भने, ‘नगरस्थित अस्पतालमा बिरामीको गलत शल्यक्रिया भएको खबर मिडियामा आएको थियो । हामीले यस विषयमा अनुसन्धान गर्न दुईजना अधिकृत पठाएका थियौं। अस्पतालले आवश्यक सबै कागजात नदेखाएको भन्दै थप अनुसन्धान गर्नका लागि सिल गरिएको हो । छानबिनमा जे आउँछ, सोही अनुसार थप कारबाही हुन्छ ।”

उनले भने, ‘यस विषयमा मिडिया रिपोर्टमा यो अपरेशन गलत भएको आरोप लगाइएको थियो ।’

डा. गुप्ताले भने, “अपरेसन गर्ने डाक्टर त्यसका लागि योग्य थिए वा थिएनन् र बिरामी जेको उपचारका लागि भर्ना भएका थिए त्यही उपचारका लागि बिरामीको शल्यक्रिया गरिएको हो वा होइन भन्ने आरोपमा हामी अनुसन्धान गरिरहेका छौं।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *