भारतीय रक्षामन्त्रीले एलओसी पार गर्छौं भनेपछि पाकिस्तानले के भन्यो ?

डिसी नेपाल
११ साउन २०८० १४:१८

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले सीमा पार गर्ने अभिव्यक्ति दिएपछि पाकिस्तानले निन्दा गरेको छ ।

राजनाथ सिंहले कारगिल विजय दिवसको अवसरमा लद्दाखको द्रासमा भनेका थिए कि भारत आफ्नो इज्जत र गरिमा कायम राख्न नियन्त्रण रेखा (एलओसी) पार गर्न तयार छ।

पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी भारतलाई अत्यधिक सावधानी अपनाउन सल्लाह दिन्छौं किनभने यसको आक्रामक बयानबाजी क्षेत्रीय शान्ति र स्थिरताका लागि खतरा हो र दक्षिण एसियामा रणनीतिक वातावरणलाई अस्थिर बनाउँछ।”

पाकिस्तान पक्षबाट भारतीय राजनीतिज्ञ र वरिष्ठ सैन्य अधिकारीहरूले आजाद जम्मु कश्मीर र गिलगिट-बाल्टिस्तानको बारेमा यस्तो गैरजिम्मेवारपूर्ण बयान गरेको यो पहिलो पटक नभएको र यस्ता अन्धो-राष्ट्रवादी भाषणबाजी बन्द गर्नुपर्छ पनि भनिएको छ ।

पाकिस्तानले कुनै पनि आक्रमणको विरुद्धमा आफ्नो रक्षा गर्न सक्षम रहेको बताएको छ ।

रक्षामन्त्रीले द्रासमा भनेका थिए कि २६ जुलाई १९९९ मा युद्ध जितेर पनि हाम्रो सेनाले एलओसी पार गरेन । त्यसको कारण भारत शान्तिप्रेमी र अन्तर्राष्ट्रिय कानुनप्रति प्रतिबद्ध छ।

उनले भने, ‘यदि हामीले त्यसबेला एलओसी पार गरेनौं भने यसको मतलब हामीले पार गर्न सकेनौं भन्ने होइन। हामी त्यो गर्न सक्छौं, हामी एलओसी पार गर्न सक्छौं, र आवश्यक परे भविष्यमा एलओसी पार गर्नेछौं। ”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *