बागमती प्रदेशमा घट्यो गाडी भाडा

डिसी नेपाल
११ साउन २०८० १५:०३

काठमाडौं। बागमती प्रदेशसमा सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयलका अनुसार काठमाडौं उपत्यकासहित बागमती प्रदेशभर लागु हुने गरी सार्वजनिक यातायातको भाडा घटाइएको हो ।

लामो दूरीको सार्वजनिक यातायातमा २.३० प्रतिशत, सिटी बसमा २.२६ प्रतिशत र मालवहाक सवारीमा ३.१८ प्रतिशत भाडा घटेको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वाचालित मूल्य प्रणाली लागु गरेसँगै इन्धनको भाउ घटेपछि मन्त्रालयले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *