भारतका विपक्षी दलका २० सांसद आज मणिपुर जाँदै

डिसी नेपाल
१३ साउन २०८० ७:४२

नयाँदिल्ली। मणिपुरमा ८८ दिनदेखि हिंसा जारी छ। आज विपक्षी दलहरुको गठबन्धन (इन्डिया) का २० सांसदले मणीपुर राज्यको भ्रमण गर्नेछन्।

समाचार अनुसार उनीहरुले मणीपुर राज्यमा भइरहेको हिंसाको अवस्थाको जानकारी लिने र पीडितहरूसँग कुराकानी गर्नेछन्। त्यहाँबाट फर्केर मणिपुर समस्याको समाधानका लागि सरकारसँग कुरा गर्ने उनीहरुले जनाएका छन्।

गत मे ३ यता कुकी र मेइती समुदायबीच जारी हिंसामा १५० भन्दा बढीको मृत्यु भइसकेको छ। महिला हिंसाका धेरै घटना बाहिर आएका छन् । यसबारे संसददेखि सर्वोच्च अदालतसम्म छलफल भइरहेको छ।

विपक्षीहरूले मणिपुर हिंसाको बारेमा प्रधानमन्त्री मोदीले सदनमा जवाफ माग गरिरहेका छन्।

उता, सर्वोच्च अदालतले सरकारले कारबाही नगरे अदालतले गर्ने जनाईसकेको छ भने सीबीआईले मणिपुरमा महिलालाई नग्न भएर घुम्न लगाएको मामिलामा अहिलेसम्म ७ जनालाई पक्राउ गरेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *