डेनमार्कमा कुरान र पाकिस्तानी झण्डाको अपमान, पाकिस्तानले के भन्यो ?

डिसी नेपाल
१३ साउन २०८० १०:४३

काठमाडौं । इस्लाम धर्ममा पवित्र मानिने डेनमार्कमा कुरान र पाकिस्तानी झण्डाको अपमान गरेको घटनाको पाकिस्तानले कडा शब्दमा निन्दा गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै पाकिस्तानी विदेश मन्त्रालयले डेनमार्कको राजधानी कोपेनहेगनस्थित पाकिस्तानी दूतावास अगाडि कुरान र पाकिस्तानी झण्डाको अपमान गर्ने घटना भएकोमा सरकारले कडा आपत्ति जनाएको बताएको छ ।

पाकिस्तान सरकारले यस घटनाको लागि डेनमार्क सरकारको कडा निन्दा गरेको छ र त्यहाँका अधिकारीहरूले घृणा र उक्साहटका घटनाहरूलाई रोक्न उपयुक्त कदम चाल्ने आशा व्यक्त गरेको छ।

विज्ञप्तिमा मन्त्रालयले भनेको छ- “यो घटनाको उद्देश्य विश्वभर रहेका दुई अर्ब मुस्लिमहरूको अपमान गर्नु र समुदाय, संस्कृति र देशहरूबीच तनाव सिर्जना गर्नु हो। अभिव्यक्ति स्वतन्त्रताको नाममा धार्मिक हिंसाका घटना हुन दिनु हुँदैन ।”

यो हप्ता डेनमार्कको अति दक्षिणपन्थी समूहले कोपेनहेगनमा इजिप्ट, टर्की र इराकका दूतावास अगाडि कुरान जलाउने प्रयास गरेको थियो । यसपछि बुधबार त्यहाँ पाकिस्तानी दूतावास अगाडि कुरान जलाउने प्रयास भएको थियो ।

पछिल्लो समय स्वीडेन र डेनमार्कमा कुरान जलाउने घटनामा वृद्धि भएको छ । यी दुवै देशले अभिव्यक्ति स्वतन्त्रताका कारण सबै प्रकारका विरोध प्रदर्शनलाई अनुमति दिन बाध्य भएको बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *