३७ वर्षपछि कसरी भेटियो जर्मन आरोहीको शव ?

डिसी नेपाल
१३ साउन २०८० १३:२५

काठमाडौं । स्वीजरल्याण्डको प्रसिद्ध मिटरहर्न हिमनदी नजिकै मानव अवशेषहरू फेला परेका छन्, जसमा एक जर्मन पर्वतारोहीको १९८६ देखि हराइरहेको शव पनि छ ।

जलवायु परिवर्तनका कारण यी हिमनदीहरू अहिले तीव्र गतिमा संकुचित हुँदै गएका छन् । जर्मन पर्वतारोहीको शव यस महिनाको सुरुमा हिमनदीको छेउमा पुगेका आरोहीहरूले देखेका थिए।

डीएनए विश्लेषणले यो शव ३७ वर्षअघि बेपत्ता भएका जर्मन आरोहीको भएको खुलासा गरेको छ । त्यसबेला, जर्मन पर्वतारोही खोज्नको लागि ठूलो खोज र उद्धार अभियान सुरु गरिएको थियो, तर यो असफल भयो।

प्रहरीले जर्मन आरोहीको नाम नखुलेको तर आरोहणका क्रममा बेपत्ता हुँदा उनी ३८ वर्षको मात्र भएको बतायो ।

आल्प्सका सबै हिमनदीहरू जस्तै, थेउदुल ग्लेशियर पनि केही वर्षदेखि पग्लिरहेको छ। यो ग्लेशियर युरोपको उच्चतम बिन्दु जर्माटको स्की क्षेत्रको हिस्सा हो।

इलिश ग्लेशियरमा गत वर्ष पनि सन् १९६८ मा बेपत्ता भएको विमानको भग्नावशेष भेटिएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *