ट्वीटरको मुख्यालयमा एलन मस्कले जडान गरेको एक्सको लोगो स्थानीय सरकारले हटाइदियो

डिसी नेपाल
१६ साउन २०८० १५:४०

काठमाडौं । एलन मस्कले करिब एक साताअघि ट्विटरको नाम परिवर्तन गरी एक्स राखेका थिए । त्यसपछि कम्पनीले जताततै एक्स ब्रान्डिङ लागू गर्ने प्रक्रिया पूरा गरिरहेको छ। यसैबीच, विश्वका सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक एलन मस्कलाई ठूलो धक्का लागेको छ।

ट्विटर मुख्यालयको भवनमा जडान गरिएको प्रकाश सहितको आकर्षक एक्स लोगो हटाइएको छ। केही दिनअघि सान फ्रान्सिस्कोस्थित मुख्यालयमा नयाँ लोगो जडान गरिएको थियो । यस नयाँ लोगोको बारेमा वरपर धेरै मानिसहरूले गुनासो गरेका थिए। यो लोगोको उज्यालोले राति सदस्या हुने उनीहरूको दाबी छ ।

रिपोर्टहरूका अनुसार उजुरीपछि जब इन्स्पेक्टरले छतमा जाने प्रयास गरे ट्विटरले छतमा जान रोकिरह्यो । छतमा लोगो एउटा कार्यक्रम अन्तर्गत राखिएको र यो अस्थायी भएको ट्वीटरले बताएको थियो ।

सान फ्रान्सिस्को डिपार्टमेन्ट अफ बिल्डिङ इन्स्पेक्सन एण्ड सिटी प्लानिङका सञ्चार निर्देशक प्याट्रिक ह्याननले पुष्टि गरे कि ट्विटरको मुख्यालय रहेको भवनलाई पहिले नै सूचना पठाइएको थियो।

एक साताको अवधिमा विभागमा २४ वटा उजुरी परेका छन् । यस पछि लोगो हटाइएको हो । भवन सञ्चालकलाई जरिवाना समेत लगाइएको अधिकारीले बताए ।

एलन मस्कले हालै भवनमा नयाँ लोगो सेटअप पछि एक भिडियो पनि पोस्ट गरेका थिए । यसमा ट्विटरको लोगो एरियल भ्यूमा देखाइएको थियो। साथै । राती धेरै उज्यालो देखिन्थ्यो।

एलन मस्कले जुलाईको अन्तिम साता माइक्रोब्लगिङ साइट ट्विटरको नाम परिवर्तन गरेर एक्स गर्ने निर्णय गरेका थिए। यससँगै कम्पनीले ब्लू बर्ड लोगोको सट्टा एक्स लोगो प्रयोग गर्न थालेको छ । पहिले यो परिवर्तन वेब संस्करणमा लागू गर्यो, त्यसपछि मोबाइल एपको लागि यो अपडेट जारी गर्यो।

एलन मस्कले ट्विटरको ट्वीटलाई पोस्टमा परिवर्तन गरेका छन्। केही दिनअघि यसबारेमा जानकारी पनि सार्वजनिक भएको थियो ।अहिले एक्समा ट्वीटको सट्टा पोस्ट हेर्न सकिन्छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *