आफ्नै मोबाइल चोर्ने चोरसँग युवतीको माया बसेपछि…

डिसी नेपाल
१७ साउन २०८० ११:२०

काठमाडौं । एक जोडीको प्रेमकथा सामाजिक सञ्जालमा चर्चामा छ । यो कथा निकै रोचक छ किनकि यसमा केटी उनको फोन चोर्ने व्यक्तिसँग प्रेममा परेकी छिन् । मतलब, केटी ‘फोन चोर’ को प्रेममा परिन् । यो कुरा युवती आफैले एक अन्तर्वार्तामा बताएकी छिन् । घटना ब्राजिलको हो ।

यस ब्राजिलियन जोडीको भिडियो ट्वीटरमा @Miltonneves नामक एकाउन्टबाट शेयर गरिएको छ । यसमा, जब अन्तर्वार्ताकारले इमानुएला नामकी केटीलाई सोध्छिन्, उनले केटालाई कसरी भेटिन् ? इमानुएला भन्छिन्- एक दिन म बाटोमा हिँड्दै थिएँ। उनले मेरो मोबाइल खोसेर भागे । तर पछि उनी आफैं फिर्ता गर्न आएका थिए । उनको इमानदारीले मलाई साँच्चै प्रभावित गर्यो।

त्यही क्रममा मोबाइल खोस्ने केटाले आफू अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको बताए । मेरो कुनै महिला साथी पनि थिएन । चोरी भएको फोनमा युवतीको तस्बिर देखेपछि म उनको सौन्दर्यमा मोहित भएँ र मोबाइल फिर्ता गर्ने निर्णय गरें ।

न्युयोर्क टाइम्सको रिपोर्टका अनुसार केटाले भने- मोबाइल लुट्दा पछुतो लाग्यो। मैले मनमनै भनेँ, तिमीले यस्तो सुन्दरता दिनहुँ देख्दैनौ । त्यसपछि युवतीलाई मोबाइल फर्काएर माफी मागें । जोडीको अन्तर्वार्ता लिने व्यक्तिले ठट्टा गर्दै केटालाई भनिन्- त्यसोभए तपाईंले इमानुएलाको फोन र मुटु दुवै चोर्नुभयो? त्यसमा केटाले जवाफ दिए- अवश्य पनि यसरी बुझ्नुहोस्।

अहिले सम्म इमानुएला र यी युवक पछिल्लो दुई वर्ष देखि डेटिङ गर्दै छन्। तर केटीका बाबुआमाले ‘चोर’ लाई छोरीको जीवनसाथीका रूपमा स्वीकार गर्ने कि नगर्ने भन्ने अझै स्पष्ट छैन ।

यसैबीच, यो जोडीको अनौठो प्रेम कथाले ट्विटर प्रयोगकर्ताहरूलाई चकित पारेको छ। उनको भिडियोलाई २.५ लाखभन्दा बढीले हेरेका छन् । सयौं प्रयोगकर्ताहरूले यसलाई प्रतिक्रिया पनि दिए।

एक प्रयोगकर्ताले लेखेका छन्– प्रेम जहाँ पनि र जो कोहीसँग पनि हुन सक्छ । अर्कोले भने– यो ठट्टा हो कि होइन ? तेस्रोले लेख्यो– केटाले अब चोरी नगर्नु राम्रो हुन्छ । अर्का प्रयोगकर्ताले भने– यो निकै अनौठो केस हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *