चुनावी नतिजा उल्ट्याएको मामिलामा ट्रम्पमाथि आधिकारिक अभियोग तय, अदालतमा उपस्थित गराइने

डिसी नेपाल
१७ साउन २०८० १५:३९

काठमाडौं । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा आफ्नो पराजयको नतिजा उल्ट्याउन खोजेको सम्बन्धी मुद्दामा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आपराधिक आरोप दायर गरिएको छ।

ट्रम्प बिहीबार वासिङ्टन डिसीको अदालतमा उपस्थित हुने भएका छन् । ट्रम्पमाथि संयुक्त राज्य अमेरिका विरुद्ध षड्यन्त्र, साक्षी छेडछाड र नागरिक अधिकार विरुद्ध षड्यन्त्र सहित चार आरोपहरू छन्।

पुनः राष्ट्रपतिको उम्मेदवारी प्रस्तुत गरेका ७७ वर्षीय ट्रम्पले आफूले केही गलत नगरेको बताएका छन् । ट्रम्पले आफूमाथि लगाइएको आरोपलाई ‘बकवास’ भनेका छन् ।

ट्रम्पलाई गोप्य कागजातहरू गलत ह्यान्डल गर्ने र आफ्नो बारेमा जानकारी लुकाउन पोर्न स्टारलाई पैसा तिरेको दुईवटा मुद्दामा यसअघि नै अभियोग लगाइएको थियो।

चुनावी मामिलासँग सम्बन्धित अनुसन्धानले हार र वासिङ्टनको दंगाबीच दुई महिनाभित्र ट्रम्पको गतिविधि के थियो भन्नेमा केन्द्रित हुनेछ। जनवरी २०२१ मा, जो बाइडेनको विजयपछि ट्रम्पका समर्थकहरूले संसदमा आक्रमण गरे।

अनुसन्धानको नेतृत्व अमेरिकी न्याय विभागले नियुक्त गरेको विशेष काउन्सिल ज्याक स्मिथले गरिरहेका छन्। उनले मंगलबार भने, “हाम्रो देशको संसदमा जनवरी ६, २०२१ मा भएको आक्रमण अमेरिकी लोकतन्त्रमाथिको आक्रमण थियो।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *