युक्रेनले अन्न राखेको भण्डारमा रुसको ड्रोन आक्रमण

डिसी नेपाल
१७ साउन २०८० १६:१०

काठमाडौं । रुसले युक्रेनको बन्दरगाह र औद्योगिक एकाइहरूमा ड्रोन आक्रमण गरेको अधिकारीहरूले बताएका छन्।

यो आक्रमण युक्रेनको ओडेसामा भएको हो । यस आक्रमणबाट खाद्यान्नको सुरक्षित भण्डारणका लागि राखिएको संरचनामा क्षति पुगेको छ ।

युक्रेनको वायुसेनाले यसअघि रुसी ड्रोन इज्मेलको महत्वपूर्ण बन्दरगाहतर्फ अघि बढिरहेको बताएको थियो।

अन्न सम्झौताबाट बाहिरिएपछि रुसले युक्रेनी बन्दरगाहमा आक्रमण जारी राखेको छ ।

यस विषयमा थप जानकारी आउन बाँकी रहेको अधिकारीहरुले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *