सानिमा बैंकको नाफा २५.१३ प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी कति?

डिसी नेपाल
१९ साउन २०८० ११:५६

काठमाडौं। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सानिमा बैंकको खुद नाफा २५.१३ प्रतिशतले बढेर २ अर्ब ६१ करोड ९२ लाख १६ हजार रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको यसैअवधिमा यसले २ अर्ब ९ करोड ३१ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा खुद नाफा बढ्न सहयोग पुगेको हो।

खुद ब्याज आम्दानी ३९.५० प्रतिशतले बढेर ६ अर्ब ४८ करोड ९३ लाख ९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले ४ अर्ब ६५ करोड १७ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । सञ्चालन नाफा २७.९६ प्रतिशतले बढेर ३ अर्ब ७८ करोड ६ लाख ५६ हजार रुपैयाँ पुगेको छ।

असार मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा १५.३४ प्रतिशतले घटेर १ अर्ब २४ करोड ४४ लाख ५५ हजार रुपैयाँ पुगेको छ। सानिमा बैंकको प्रतिसेयर लाभांश दिने क्षमता १७.७३ प्रतिशत छ। एक वर्षको अवधिमा प्रतिसेयर आम्दानी २ रुपैयाँ ५४ पैसाले बढेर २१ रुपैयाँ ०२ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *