क्यानडामा विपुल क्षेत्रीको पहिलो पटक लाईभ कन्सर्ट हुँदै

डिसी नेपाल
२० साउन २०८० ७:०३

टोरोन्टो। आरसीएनसीले प्रसिद्ध गायक तथा संगितकार विपुल क्षेत्री र उनी नेतृत्वको प्रतिभाशाली ब्याण्डको उपस्थितिमा क्यानडामा पहिलोपटक मेड इन नेपाल फेयर आयोजना गर्ने भएको छ।

उक्त कार्यक्रममा सहभागी हुनको लागि आयोजक संस्था आरसीएनसीले आह्वान गरेको छ। कार्यक्रम भने आगामी सेप्टेम्बर ८ तारिख साँझ ८ बजे हुनेछ।

विपुली क्षेत्री र उनको ब्याण्डको क्यानडामा यो पहिलो सांगितिक प्रस्तुति हुनेछ । उक्त कार्यक्रम सांगितिक प्रस्तुति मात्रै नभएर पवित्र उद्देश्य राखेर आयोजना गरिएको विशेष कार्यक्रम पनि हो।

आयोजककाअनुसार अटिजम भएका बालबालिका र आर्थिक कठिनाईहरुको सामना गर्ने उनीहरुको परिवारलाई राहतस्वरुप आर्थिक सहयोग गर्नको लागि पनि यो कार्यक्रम महत्वपूर्ण र कोशेढुंगा सावित हुनेछ।

आयोजकले उक्त कार्यक्रमबाट प्राप्त हुने सबै रकम ती अटिजम भएका बालबालिका र उनीहरुका परिवारका सदस्यहरुलाई प्रदान गरिनुको साथै ती बालबालिकाहरुको लागि आवश्यक सेन्सरी खेलौना र सिकाई सामाग्रीहरु पनि उपलब्ध गराउने विश्वास दिलाएको छ।

पवित्र उद्देश्य राखेर आयोजना गरिने उक्त कार्यक्रममा सहभागी भएर ती बालबालिका र उनीहरुको परिवारको लागि आर्थिक सहयोगको लागि उदारता देखाउन पनि आयोजको अपिल छ।

आयोजकले आजैदेखि उक्त सांगितिक कार्यक्रममा सहभागी हुनको लागि आफ्नो क्यालेन्डरमा कार्यक्रमको मिति सुरक्षित राख्न पनि भनेको छ ।

विपुल क्षेत्री नेपाली सांगितिक क्षेत्रका चम्किलो नक्षत्र हुन्। उनी युवा पुस्ताको ढुकढुकीको रुपमा प्रख्याँत छन् । उनका देश तथा विदेशमा लाखौं फ्यान फलोअर्स छन्। जसले उनका हरेक सांगितिक गतिविधिलाई नजिकबाट नियाँलिरहेका छन् । उनका दर्जनौं हिट गीत छन्। उनको स्केचेज अफ दार्जिलिङ हिट गीत हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *