बेलायतमा बढ्न थाल्यो कोरोना, वृद्धहरू बढी मात्रामा अस्पताल भर्ना

डिसी नेपाल
२० साउन २०८० ८:१०

लन्डन। कोरोनाले देश र विश्वमा कहर मच्चाएको छ। अहिलेसम्म याे भाइरसले लाखाैंकाे ज्यान लिइसकेकाे छ। बेलायतबाट एउटा चिन्ताजनक खबर आएको छ, यहाँ गत महिना काेभिडकाे नयाँ रूप ५.१ प्रकट भएको छ, जुन अहिले देशमा तीव्र गतिमा फैलिरहेको छ।

बेलायतका स्वास्थ्य अधिकारीहरूका अनुसार यो संस्करण ओमिक्रोनबाट आएको हो। यसको कोडनेम इजी ५.१ राखिएको छ र यो साता नयाँ कोभिड मामिलाहरू मध्ये एक हो।

अन्तर्राष्ट्रिय रूपमा, विशेष गरी एशियामा बढ्दो केसहरूका कारण देशमा यसको व्यापकता रिपोर्ट भएपछि जुलाई ३० मा यसलाई कोभिडको एक प्रकारको रूपमा वर्गीकृत गरिएको थियो।

विश्व स्वास्थ्य संगठनले दुई हप्ता अघि इजी ५.१ संस्करण ट्र्याक गर्न थालेकाे डब्लुएचओका महानिर्देशक टेड्रोसले भ्याक्सिनले जानकारी दिए। उनका अनुसार पहिलेको संक्रमणबाट मानिसहरू राम्रोसँग सुरक्षित छन्, तर देशहरूले उनीहरूको सतर्कताको अभावमा आउन दिनु हुँदैन।

यो कुराको कुनै संकेत छैन कि काेभिडकाे नयाँ स्वरूपका बारेमा गम्भीर छ। यूकेएचएसकाे नयाँ नवीनतम आंकड़ाले याे देखाउँछ कि यो अब देशका सबै कोविड मामलाहरु १४.६ प्रतिशत अधिक छ। यूकेएचएसएकाे ‘रेस्पिरेटरी डेटामार्ट सिस्टम’ माध्यमबाट रेकर्ड गरिएका ४,३९६ नमूनाबाट ५.४ प्रतिशत कोभिड १९ को रूपमा रेकर्ड हुन आएको थियो।

युकेएचएसएका खोप प्रमुख डा मेरी रामसेले भनिन्, “हामीले यस हप्ता रिपोर्ट गरिएको कोभिड १९ मा लगातार वृद्धि भइरहेको देखिरहेका छौं। अस्पतालमा अधिकांश उमेर समूह, विशेषगरी वृद्धवृद्धाहरु ठूलो संख्यामा आउने गरेका छन्।

उनले नियमित हात धुँदा कोभिड–१९ र अन्य भाइरसबाट बच्न मद्दत गर्ने बताए । यदि तपाईंसँग श्वासप्रश्वास सम्बन्धी रोगको लक्षणहरू छन् भने, हामी अरूबाट सकेसम्म टाढा रहन सिफारिस गर्छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *