प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण अनलाइनबाटै

डिसी नेपाल
२१ साउन २०८० १३:३९

काठमाडाैं। विदेशमा अध्ययन तथा रोजगारीका लागि जान चाहनेले अब प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न कन्सुलर सेवा विभाग जानुपर्ने बाध्यता हटेको छ।

आइतबार काठमाडौंको त्रिपुरेश्वरस्थीत बिभागमा आयोजित एक कार्यक्रमकाबीच परराष्ट्रमन्त्री एनपी साउदले प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण कार्यलाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन्।

यसअघि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न बिभाग आउनुपर्ने बाध्यता रहेको थियो। अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण हुने भएपछि सर्वसाधारणको समय र पैसाको बचत भएको परराष्ट्रमन्त्री साउदले बताए।

सरकार गठन भइसकेपछि परराष्ट्र सेवालाई सहज र सुलभ वनाउन प्रयास गरेको उनले बताए।

त्यस्तै मन्त्री साउदले राष्ट्रिय एकतालाई मजबुद गर्ने गरि परस्पर लाभका आधारमा अन्तराष्ट्रिय सम्बन्ध स्थापित गर्न खोजिएको जनाए। उनले विदेशी नीतिमा सवै पार्टीको सहमति हुनका लागि प्रयन्त जारी रहेको भन्दै राष्ट्रिय सहमतिका लागि सवै दलको बिचार ग्रहण गर्न तयार रहेको बताए।

वर्तमान सरकार गठन भएपनि प्रधानमन्त्रीको फलदायी भारत भ्रमण भएको र महत्वपूर्ण उपलव्धी हासिल भएको भन्दै मन्त्री साउदले सेप्टेम्वरको अन्तिम सातामा प्रधानमन्त्रीको चीन भ्रमणको तयारी भइरहेको जानकारी दिए।

बिभागका अनुसार अनुसार गत आर्थिक वर्ष २०७९/८० मा विभागले तीन लाख ६ हजार २२ वटा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरेको थियो। सेवाग्राहीले अनलाइन आवेदन दिएको २४ घण्टाभित्र प्रमाणीकरण भएको प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराइने बिभागले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *