जोकर बनेर आतंक मच्चाए अनि आफैंले मृत्युदण्डको सजाय मागे

डिसी नेपाल
२१ साउन २०८० १५:२४

काठमाडौं । जापानको एक अदालतले क्योटा हातोरी नामका एक व्यक्तिलाई २३ वर्षको जेल सजाय सुनाएको छ । उनको उमेर २६ वर्ष छ । जोकरको पहिरन लगाएर उनले यस्तो अपराध गरेका थिए, जसका कारण सिंगो देश हल्लियो ।

हातोरीलाई ज्यान मार्ने प्रयास र आगजनी मुद्दामा दोषी ठहर गरिएको छ । उनले सन् २०२१ मा ह्यालोविनको दिन यो अपराध गरेका थिए । उनले कमिक बुक खलनायक द जोकर जस्तै लुगा लगाए र मानिसहरू माझ आतंक फैलाउन ट्रेनमा चढे।

उनले ७० वर्षका एक व्यक्तिलाई चक्कुले हाने र ट्रेनमा आगो लगाएर अन्य १२ जनालाई मार्ने प्रयास गरे। यो जानकारी स्थानीय सञ्चार माध्यमले दिएको छ । अपराध हुँदा हातोरी २४ वर्षका थिए ।

त्यसपछि यो घटनाको विश्वभर चर्चा भयो । यसअघि हातोरीले सोधपुछका क्रममा आफू जोकरको चरित्रबाट निकै प्रभावित भएको बताएका थिए । उनले सकेसम्म धेरै मानिसहरूलाई हानि पुर्‍याउने इच्छा व्यक्त गरे।

जब हातोरी पक्राउ परे उनले आक्रमणमा हल्का तरल पदार्थ प्रयोग गरेको स्वीकार गरे। उनले आफूले गरेको अपराधमा मृत्युदण्डको सजाय दइयोस् भन्ने इच्छा पनि व्यक्त गरे । अहिले टोकियो जिल्ला अदालतको ताचिकावा शाखामा यो निर्णय भएको छ । यस कुराको पुष्टि अदालतका प्रवक्ताले गरेका छन् ।

जापानमा हिंस्रक अपराध धेरै दुर्लभ छन्। यो देश कम अपराध दरको लागि परिचित छ। तर, छुरा प्रहार र गोली हानाहानका घटना पनि बेलाबेलामा भइरहेका छन् । गत वर्ष पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भयो । यो घटनाले पनि सिंगो देशलाई हल्लायो ।

र अगस्ट २०२१ मा टोकियो कम्युटर ट्रेनमा चक्कु आक्रमणमा नौ जना घाइते भएका थिए, जसमध्ये एक गम्भीर घाइते भएका थिए। सोही महिनामा टोकियोको सबवे स्टेशनमा एसिड आक्रमणमा परी दुई जना घाइते भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *