इमरान खान बसेको जेलमा कस्तो छ व्यवस्था ?

डिसी नेपाल
२२ साउन २०८० १६:३८

काठमाडौं । तोशाखाना मुद्दामा शनिबार तीन वर्षको जेल सजाय सुनाइएका पूर्वप्रधानमन्त्री इमरान खान जेलमा रहेकाले जेलबाहिर कडा सुरक्षा व्यवस्था गरिएको छ ।

जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानलाई अझै पनि आफ्ना वकिलसहित कसैलाई भेट्न दिइएको छैन ।

कानुनी मामिलाहरूमा इमरान खानका प्रवक्ता नईम पन्जोथाले एक विज्ञप्तिमा भनेका छन् कि जेल अधिकारीहरूले उनलाई इमरान खानलाई भेट्न अनुमति दिएनन् र अब उनलाई सोमबार आउन निर्देशन दिइएको छ।

अट्टकमा रहेका बीबीसीका शहजाद मलिकका अनुसार जीटी रोडमा कामरादेखि अटक जाने बाटो पनि बन्द गरिएको छ र जीटी रोड हुँदै अटक पुग्न बुरहान हुँदै जानुपर्छ ।

शहजाद मलिकले पनि इमरान खानका वकिलहरूले उच्च अदालतमा अपील नगरेकाले उनलाई भेट्न आवश्यक भएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *