आजको विदेशी मुद्राको विनिमय दर, युराेकाे भाउ १४४ रूपैयाँ बढी
काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ १० पैसा र बिक्री दर १३२ रूपैयाँ ७० पैसा तथा युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ९५ पैसा र बिक्री दर १४५ रूपैयाँ ६१ पैसा कायम गरिएकाे छ।
हिजो अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ २५ पैसा र बिक्री दर १३२ रूपैयाँ ८५ पैसामा तथा युराेपियन युरो एकको खरिद दर १४५ रूपैयाँ ६२ पैसा र बिक्री दर १४६ रूपैयाँ २८ पैसामा काराेबार भएकाे थियाे।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ १६ पैसा र बिक्री दर १६८ रूपैयाँ ९३ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८६.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.२ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७ पैसा कायम गरिएकाे छ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैकले दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ १ पैसा र बिक्रीदर १० रूपैयाँ १४ पैसामा काराेबार गर्न अनुमति दिएकाे छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १३ पैसा र बिक्री दर ३६ रूपैयाँ २९ पैसामा खरिदबिक्री गर्न सकिने जनाउँदै राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.११ रुपैयाँ तथा कुवेती दिनार १ को खरिद मूल्य ४२९.४८ पैसा विक्रीदर ४३१.४३ पैसा कायम गरिएकाे छ।
Facebook Comment