साउदी अरबको तेल उत्पादक कम्पनी अरामकोको नाफा ३८ प्रतिशतले घट्यो

डिसी नेपाल
२३ साउन २०८० १२:४२

काठमाडौं । साउदी अरबको सरकारी तेल उत्पादक अरामकोको नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३८ प्रतिशतले घटेको छ । यसका लागि तेलको न्यून मूल्य र रिफाइनिङमा कम मार्जिनलाई कारण मानिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार दोस्रो त्रैमासिकमा अरामकोको खुद नाफा ११२.८१ अर्ब रियाल अर्थात् ३०.०७ अर्ब डलर रहेको छ । जबकि गत वर्षको पहिलो त्रैमासमा यो नाफा १८१ अर्ब ६४ करोड रियाल रहेको थियो ।

यस वर्ष आएको तथ्यांकले सन् २०२२ मा अरामकोले १६१.१ अर्ब डलरको कीर्तिमान कुल नाफा दर्ता गरेको देखाएको छ । यो २०२१ को तुलनामा ४६.५ प्रतिशतले बढी हो।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि कीर्तिमानी नाफा कमाउने अरामको पहिलो ऊर्जा कम्पनी हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *