आफ्नी श्रीमतीलाई भेट्ने अनुमति दिन जेलमा रहेका इमरान खानको आग्रह

डिसी नेपाल
२३ साउन २०८० १४:४९

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आफ्नी पत्नी बुशरा बेगमलाई भेट्न चाहन्छन् । यसका लागि उनले अधिकारीसँग आग्रह गरेका छन् ।

इमरान खान अहिले अटक जेलमा छन् । इस्लामावादको एक अदालतले शनिबार उनलाई तोशाखाना मुद्दामा तीन वर्षको जेल सजाय सुनाएको हो ।

इमरान खानका वकिल उनलाई भेट्न सोमबार जेल पुगेका छन् । उनले वकिलमार्फत् अधिकारीलाई आफ्नो माग सुनाएका थिए ।

इमरान खानका वकिलले खानले आफूलाई समर्थन गर्ने मानिसहरूलाई धन्यवाद दिएको बताए। इमरान खानले थप योजनाका लागि कोर कमिटी गठन गरिने बताए ।

वकिलहरूको टोलीमा रहेका नईम हैदरका अनुसार इमरान खानले आफूलाई सी श्रेणीको जेलमा राखिएको बताए। उनलाई एउटा सानो कोठा र खुल्ला शौचालय उपलब्ध गराइएको छ।

हैदरका अनुसार इमरान खानले भने, ‘मलाई अँध्यारो कोठामा राखिएको छ । यहाँ टिभी छैन। पत्रपत्रिका पनि दिइँदैन ।’

वकिलका अनुसार इमरान खानले भने, ‘जाउ मिडियालाई भन कि म मर्छु तर दासत्व स्वीकार गर्दिनँ।’ इमरान खानका वकिलहरूले जेल अधिकारीहरूको उपस्थितिमा उनीसँग दुई घण्टा भेटे।

इमरान खानको सजाय खारेज गर्न सर्वोच्च अदालतमा सोमबार निवेदन दिइएको छ । रिटमा सर्वोच्चको फैसला नआएसम्मको सजाय स्थगन गर्न माग गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *