इटालीमा डुंगा पल्टिँदा ४१ आप्रवासीको मृत्यु

काठमाडौं । इटालीको लाम्पेडुसा टापुमा डुंगा पल्टिँदा ४१ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा बाँचेका चारजनाले स्थानीय सञ्चारमाध्यमलाई आफ्नो पीडा सुनाएका हुन् ।
दुर्घटनाबाट जोगिएका आप्रवासीहरूले उद्धारकर्तालाई आफूहरू ट्युनिसियाबाट डुङ्गा चढेर इटाली गएको बताए । यी चार आप्रवासी आइभोरी कोस्ट र गिनीका बासिन्दा हुन् र बुधबार लाम्पेडुसा पुगेका थिए।
यो वर्ष अहिलेसम्म उत्तर अफ्रिकाबाट युरोप जाने क्रममा १ हजार ८ सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।
लाम्पेडुसाबाट १३० किलोमिटर टाढा रहेको ट्युनिसियाको स्फ्याक्स बन्दरगाह सहर अवैध आप्रवासीहरूका लागि प्रमुख ट्रान्जिट पोइन्ट भएको ट्युनिसियाका अधिकारीहरूले बताए।
यसैबीच, पछिल्ला दिनहरूमा इटालियन निगरानी डुङ्गा र सामाजिक संस्थाहरूले लाम्पेडुसा पुगेका २ हजार मानिसको ज्यान बचाएका छन्।
Facebook Comment