पाकिस्तानमा आज कार्यवाहक प्रधानमन्त्रीको नाम घोषणा हुनसक्ने, यी नेताको नाम चर्चामा

डिसी नेपाल
२७ साउन २०८० १२:२०

काठमाडौं । पाकिस्तानमा आज कार्यवाहक प्रधानमन्त्रीको नाम घोषणा हुनसक्छ । कार्यवाहक प्रधानमन्त्रीका लागि प्रधानमन्त्री शहबाज सरिफलाई दिइएको नामको सूचीमा सिनेटका अध्यक्ष सादिक संजरानीको नाम पनि परेको छ ।

पाकिस्तानका योजना तथा विकास मन्त्री अहसान इकबालले शुक्रबार राति जियो न्युजको कार्यक्रम ‘आज शाहजेब खानजादा साथ’ मा बोल्दै गठबन्धन दलहरूसँगको छलफलपछि मात्र कार्यवाहक प्रधानमन्त्रीको नामबारे निर्णय हुने बताए ।

अर्कोतर्फ, प्रधानमन्त्री शाहबाज शरीफले कार्यवाहक प्रधानमन्त्रीको नाम शनिबारसम्म तय हुनेमा आफू आशावादी रहेको बताएका छन् । रेडियो पाकिस्तानका अनुसार इस्लामाबादमा पत्रकारहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

शुक्रबार साँझ भएको उक्त बैठकमा शाहबाज सरिफले यस विषयमा अन्तिम निर्णय गर्नुअघि सहयोगीहरूलाई विश्वासमा लिइने बताए ।

शुक्रबार साँझ प्रधानमन्त्रीले गठबन्धन दलका नेताहरुको सम्मानमा रात्रिभोज पनि आयोजना गरेका थिए जसमा कार्यवाहक प्रधानमन्त्रीको नामबारे छलफल भएको थियो ।

अर्कोतर्फ, पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्वीले शुक्रबार लेखेको पत्रमा प्रधानमन्त्री शहबाज शरीफ र विपक्षी नेता राजा रियाजलाई संविधान अनुसार कार्यवाहक प्रधानमन्त्रीको विषयमा निर्णय हुनुपर्ने स्मरण गराएका छन् । कार्यवाहक प्रधानमन्त्रीको नाम अगस्ट १२ भित्र सदनमा बुझाउनुपर्नेछ र राष्ट्रपतिलाई जानकारी गराउनुपर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *