युक्रेनका २० ड्रोन नष्ट गरेको रुसको दावी

डिसी नेपाल
२७ साउन २०८० १६:००

काठमाडौं । रुसको रक्षा मन्त्रालयले आक्रमणका क्रममा २० वटा युक्रेनी ड्रोन नष्ट गरेको जनाएको छ । रक्षा मन्त्रालयका अनुसार यी आक्रमणहरू मध्यरातमा क्रिमियन प्रायद्वीपमा गरिएको थियो।

रुसी तर्फबाट ड्रोनहरु बाटोमै ध्वस्त भएको भनिएको थियो । क्रिमिया प्रायद्वीपमा रुसको नियन्त्रण छ।

प्रायद्वीपको उत्तरपश्चिमी भागमा विस्फोट भएको खबर छ, जससँग सम्बन्धित भिडियोहरू इन्टरनेटमा हेरिरहेका छन्।

यद्यपी हालसम्म कुनै हताहतीको खबर आएको छैन ।

अर्कोतर्फ, युक्रेनको सेनाले पनि जापोरोज्येमा अगस्ट ११-१२ को रातमा शत्रुहरूले ड्रोनबाट आक्रमण गरेको दाबी गरेको छ।

उसले जापोरोज्या क्षेत्रमा तीनवटा युएभी (अनम्यान एरियल भेइकल) ध्वस्त भएको बताको छ ।

यी दाबीहरूलाई दुवै पक्षबाट स्वतन्त्र रूपमा प्रमाणित गर्न सकिएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *