दङाली पत्रकारहरुले तुलसीपुर उपमहानगरबाट इन्धन असुल्दै, महासंघका केन्द्रीय अध्यक्षको पनि नाम

विपुल भन्छन् - 'मैले लिएको छैन, नाम कसरी आयो बुझ्दैछु'

डिसी नेपाल
२८ साउन २०८० ११:०३

काठमाडौं। तुलसीपुर उपमहानगरपालिकाबाट दाङका पत्रकारहरुले इन्धन बुझ्ने गरको खुलासा भएको छ। आव २०७९।८०मा नियमित रुपमा इन्धन लिएका पत्रकारको नामावली उपमहानगरले पत्रकार महासंघ दाङ शाखामा उपलब्ध गराएको पत्रमा उल्लेख गरिएको छ ।

दाङका अधिकांश पत्रकारहरुले उपमहानगरबाट इन्धन लिने गरेको पाइएसँगै नेपाल पत्रकार महासंघ दाङ शाखाले संस्थागत रुपमा आफूले नलिएको जानकारी गराएको छ ।

उपमहानगरको पत्रपछि पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी र सचिव आरके शीतलले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै महासंघको नाममा उपमहानगरबाट इन्धन नलिएको जनाएका छन्।

उपमहानगरबाट इन्धन लिनेहरुमा नेपाल प्रेस युनियन, प्रेस सेन्टरदेखि प्रेस चौतारी सम्बद्ध पत्रकारहरु रहेका छन्। पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेललेसम्मले इन्धन लिएको उपमहानगरको पत्रमा उल्लेख गरिएको छ।

रिपोर्टर्स् क्लब दाङ शाखाका अध्यक्ष शरद रेग्मीदेखि स्वतन्त्र पत्रकार बताउने जितसागर जिएमले पनि उपमहानगरबाट इन्धन लिने गरेका छन् ।

उनीहरुले उपमहानगरबाट तारन्तार इन्धन माग्ने गरेको उपमहानगर स्रोतले बताएको छ। अनेकौं कार्यक्रमको बहानाबाजी गर्दै पत्रकारिताको आडमा इन्धन लिएको उपमहानगरले बताएको छ ।

दाङबाट सञ्चालित केही सञ्चार गृहले पनि इन्धन लिने गरेको उपमहानगरको पत्रमा उल्लेख गरिएको छ। ८० देखि १०० लिटरसम्म नियमित रुपमा पत्रकारहरुले इन्धन लिने गरेको उपमहानगरको पत्रमा उल्लेख छ ।

पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले भने आफूले इन्धन नलिएको बताए । “मैले केही लिएको छैन, मागेको पनि छैन” उनले भने “मैले लिएको भए त्यहाँ मैले लिएको भरपाई हुनुपर्यो ।” यस्तो गलत सूचना कसरी आयो भन्ने बारेमा सूचनाको हक प्रयोग गरेर सूचना माग्ने उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *