अमेरिकाको हवाई टापुको जंगलमा लागेको आगलागीका कारण अहिलेसम्म ८० जनाको मृत्यु

डिसी नेपाल
२८ साउन २०८० ११:५२

काठमाडौं । अमेरिकाको हवाई टापुको माउ काउन्टीको जंगलमा लागेको आगलागीका कारण अहिलेसम्म ८० जनाको मृत्यु भएको छ ।

सयौं मानिसहरु अझै सम्पर्कमा नआएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

यो राज्यको इतिहासमा अहिलेसम्मकै ठूलो प्राकृतिक प्रकोप हो र ऐतिहासिक शहर लहैना आगलागीमा पूर्णरुपमा ध्वस्त भएको छ ।

अधिकारीहरूले बीबीसीलाई बताएअनुसार वर्तमान स्थितिसँग जुध्न प्रहरी बोलाइएको थियो तर थप विवरण भने दिएनन्।

यसैबीच, ध्वस्त भएको सहरमा भएको क्षतिको आँकलन गर्न स्थानीय बासिन्दाहरूलाई शुक्रबार छोटो अवधिको लागि घर फर्कन अनुमति दिइएको थियो।

उनीहरूले अगाडि भयंकर आगोको सामना गर्नुपर्ने हुनसक्ने चेतावनी दिएका थिए ।

सरकारी अधिकारीहरूले लहैनाका जनतालाई निवासको प्रमाणपत्र ल्याउन आग्रह गरेका थिए।

बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म सहरमा कर्फ्युको घोषणा गरिएको छ । सहरका केही भागमा राहत र उद्धारकर्मीलाई मात्र प्रवेश गर्न दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *