बंगलादेशी नागरिकलाई बन्धक बनाएर रकम असुल्ने गिरोह पक्राउ

डिसी नेपाल
२८ साउन २०८० १६:२४

काठमाडौं। मलेसिया, पोल्यान्ड र क्रोएसिया लगायत बिभिन्न देश पठाउने भन्दै भिजिट भिसामा बंगलादेशी नागरिकलाई नेपाल ल्याएर बन्धन बनाई रकम असुल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बंगलादेशी नागरिकहरुलाई बन्धक बनाएर रकम असुलेको आरोपमा सातजनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा दुई नेपाली नागरिक इलाम घर भएकी रोशनी राई र सिन्धुपाल्चोक घर भएकी तारा नेपाली रहेकी छिन् भने ५ वंगलादेशी नागरिकमा अमिर हुसेन, मोहम्मद मोसिह्युर, सलिम मिया, जहान्गीर अलाम र ताहमिना बेगम रहेका छन् ।

उनीहरुले बंगलादेशबाट बिभिन्न प्रलोभनमा नेपाल ल्याई बन्धक बनाएर परिवारसंग रकम मागेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए। आफुहरुसंग भएको रकम असुल गरेर परिवारसंग पनि फोनमार्फत रकम असुल गर्न खोजेपछि एक वंगाली नागरिकले उजुरी दर्ता गराएको र अनुसन्धान गर्दा गिरोहलाई पक्राउ गर्न सफल भएको उनले बतए। विदेश पठाउन प्रक्रियाका लागि केही रकम लाग्ने भन्दै सुरुमा बंगलादेशमै ५० हजारदेखि १० लाख टाकासम्म लिएको खुलेको उनले जानकारी दिए।

पत्रकार सम्मेलनमा वंगलादेशी पीडित नागरिकहरुले आफुहरुलाई एजेण्डले पोल्याण्ड लगाएतका देश पठाउनका लागि पाँच लाख रुपैया लिएर नेपाल पठाएको र नेपाल आएपछि बन्धक बनाएको गुनासो गरेका छन् । नेपाल आएपछि आफुहरुसंग खर्चका लागि भएको पैसा, मोवाइल पनि लिएको बताएका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकाहरुमाथि मुलुकी अपराध संहिताका साथै संगठीत अपराध ऐन बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *