मर्स्याङ्दी नदीले सतर्कता तह पार गर्‍यो

डिसी नेपाल
२८ साउन २०८० २२:३६

दमौली (तनहुँ) । तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित मर्स्याङ्दी नदीले जलसतहको सतर्कता तह पार गरेको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण नदीले सतर्कता तह पार गरेको हो ।

सतर्कता तह पार गरेकाले मर्स्याङ्दी नदीमा बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा भोलि दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागका अनुसार नदीको सतह १० दशमलव १७ मिटरभन्दा माथि आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *