सुनिल शर्माको प्रमाण पत्र छानबिनको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन

डिसी नेपाल
३० साउन २०८० २०:००

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माको प्रमाण पत्र छानबिनको माग गर्दै माओवादी निकट अखिल क्रान्तिकारीको एक समूहले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सुनिल शर्माको प्रमाण पत्र नक्कली भएको भन्दै छानविनको माग गर्दै अखिल क्रान्तिकारीको पवन कार्की समूहले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरको हुन् । उनीहरुले शर्मालाई कारवाही गर्न समेत माग गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले शैक्षिक माफियाहरु होसिया, नक्कली डाँक्टर चाहिदैन, देश लुट्न पाइदैन, भ्रष्टाचारी जोगाउन संसद अवरूद्ध गर्नेहरु होसियार लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *