म्यानेजमेन्ट स्कलरस् म्याग्जिनको आठौँ अकं उपकुलपतिद्वारा विमोचन
काठमाडाैं। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्ध प्राप्त काठमाडाैंस्थित कान्तिपुर सिटी कलेजको व्यवस्थापन संकायले म्यानेजमेन्ट स्वकलरस् म्याग्जिन (पत्रिका) को आठौँ अकं कलेजको सभा हलमा विमोचन गरेको छ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव राज कोइराला, आमसञ्चार तथा व्यवस्थापन विज्ञ तथा अतिथि प्रो. रामा कृष्ण रेग्मी, कान्तिपुर सिटी कलेजका प्रबन्ध निर्देशक प्रहलाद कार्की तथा प्रिसिन्पल राजु कट्टेलले संयुक्त रुपमा विमोजन गरेका हुन्।
बि.बि.ए शौक्षिक कार्यक्रमको अन्तिम सेमेस्टरमा अध्ययनरत विधार्थीलाई मुख्य जिम्मेवारी दिई व्यवस्थापन तथा लेखन शिप बढ्ने अभिप्रायले प्रत्येक वर्ष म्यानेजमेन्ट स्कलरस् म्याग्जिन प्रकाशित हुने गरेको व्यवस्थापन संकाय प्रमुख पूजा पोख्रेलले बताइन्।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले म्याग्जिनले नयाँ जिम्मेवार सम्हाल्ने विधार्थीलाई सकरात्मत आशा देखाएको र केही प्राप्त गर्न संघर्ष गर्नुपर्ने बताए।
त्यसैगरी कार्यक्रमका प्रो. रामकृष्ण रेग्मीले अबको वर्षमा प्रकाशन हुने म्याग्जिन राष्ट्र योजना आयोगको लागि सुझाव हुनुपर्ने कामना गरे।
कान्तिपुर सिटी कलेजल व्यवस्थापन अध्ययन गराई विधार्थीलाई सक्षम जनशक्ति उत्पादन गरेको र देश विदेशमा योगदान गरिरहेको प्रबन्ध निर्देशक प्रहलाद कार्की बताए। त्यसैगरी कान्तिुर सिटी कलेजका प्रिसिन्पल राजु कट्टेलले विधार्थीको मिहिनेत, रचनात्मक प्रयासलाई सधै सहयोग गर्ने र आगामी दिनमा निरन्तरता दिइराख्न सुझाव दिए।
सन् २००५ देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिई व्यवस्थापन विषयको स्नातक तहमा अध्यापन गर्दै आएको कान्तिपुर सिटी कलेज व्यवस्थापन शिक्षणमा अग्रणीमध्ये हो। विमोचन कार्यक्रममा विधार्थी, संकाय प्रमुख, लेक्चर्र तथा पत्रकारहरुको उपस्थिति थियो।
Facebook Comment