जब बेलायती प्रधानमन्त्रीले भने -‘म यहाँ प्रधान्मन्त्रीको रूपमा होइन हिन्दू भएर आएको हुँ’

डिसी नेपाल
३१ साउन २०८० १६:०४

काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकको एक बयान समाचारमा छ। अगस्ट १५ मा बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा आयोजित कार्यक्रममा कथावाचक मोरारी बापुले कथा सुनाउँदै थिए ।

कार्यक्रममा ऋषि सुनक पनि सहभागी थिए । ऋषि सुनकले मोरारी बापुको आरती गर्नुका साथै मञ्चबाट आफ्नो भनाई पनि सुनाए ।

सुनकले जय सियाराम नारा लगाएर बोल्न थाले । ऋषि सुनकले भने- “भारतको स्वतन्त्रता दिवसमा मोरारी बापुको कथामा आउन पाउनु राम्रो अनुभूति हो।”

ऋषि सुनकले भने, ‘म यहाँ प्रधानमन्त्री भएर होइन, हिन्दू भएर आएको हुँ । विश्वास मेरो लागि धेरै व्यक्तिगत हो। यसले मलाई जीवनको हरेक पक्षमा दिशा देखाउँछ। प्रधानमन्त्री हुनु गौरवको कुरा हो तर यो त्यति सजिलो काम होइन । कठोर निर्णय लिनुपर्नेछ। कठिन परिस्थितिको सामना गर्नुपर्नेछ। यस्तो अवस्थामा हाम्रो विश्वासले देशको लागि राम्रो निर्णय लिन सक्ने साहस र बल दिन्छ।’

ऋषि सुनक भन्छन्, “म चान्सलर हुँदा दीपावलीमा ११ डाउनिङ स्ट्रिट बाहिर दीप प्रज्वलन गर्दा यो मेरो लागि निकै विशेष र अद्भुत क्षण थियो । जसरी हनुमान बापुको पछाडि छन्। मलाई गर्व छ कि मसँग पनि प्रधानमन्त्रीको कार्यालयको मेजमा गणेशजी हुनुहुन्छ।’

ऋषि सुनकले यसअघि पनि हिन्दू धर्मको कुरा गर्दै आएका छन् । उनी बेलायतका पहिलो हिन्दू प्रधानमन्त्री हुन् । ऋषि सुनक हिन्दू धर्म मान्ने भएकाले सामाजिक सञ्जालमा बारम्बार चर्चा हुने गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *