चन्द्रयान-३ को विक्रम ल्यान्डर आज अन्तरिक्ष यानबाट अलग्गिँदै

डिसी नेपाल
३२ साउन २०८० १५:४१

काठमाडौं । चन्द्रयान-३ को विक्रम ल्यान्डर आज स्पेसक्राफ्टको प्रोपल्सन मोड्युलबाट अलग हुनेछ।

चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको पाँचौं र अन्तिम कक्षमा प्रवेश गरेको छ र आज ल्यान्डर विक्रमलाई अलग गर्ने प्रक्रिया सुरु हुनेछ ।

ल्यान्डर र रोभर प्रज्ञानले अगस्ट २३ मा चन्द्रमामा अवतरण गर्ने अपेक्षा गरिएको छ । चन्द्रमामा अवतरण गरेपछि, विक्रम ल्यान्डरले प्रज्ञान रोभरको तस्बिर लिनेछ, जसले चन्द्रमाको सतहमा भूकम्पीय गतिविधिको अध्ययन गर्नेछ।

भारतको महत्वाकांक्षी चन्द्र मिशन चन्द्रयान-३ ले बुधबार आफ्नो पाँचौं र अन्तिम चन्द्रमाको परिक्रमा पूरा गर्‍यो, जसले अन्तरिक्ष यानलाई चन्द्रमाको सतहको नजिक ल्यायो।

अब सम्पूर्ण कक्षा पूरा गरेपछि, विक्रम ल्यान्डर स्पेसक्राफ्ट प्रोपल्सन मोड्युलबाट अलग हुनेछ।

यसअघि इसरोबाट ट्वीट गरेर भनिएको थियो, “चन्द्रयान-३ चन्द्रमाको १५३ किमी x १६३ किमीको कक्षामा स्थापित भएको छ, जुन पहिले नै अनुमान गरिएको थियो। यससँगै चन्द्रमाको सीमामा प्रवेश गर्ने प्रक्रिया पूरा भएको छ ।”

चन्द्रयान–३ जुलाई १४ मा प्रक्षेपण गरेपछि अगस्ट ५ मा चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो । यसपछि यो अगस्ट ६, ९ र १४ मा चन्द्रमाको अर्को कक्षामा प्रवेश गर्यो र चन्द्रमाको नजिक हुँदै गयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *