सिङ्गापुर प्रहरीले छापा मारेर एक अर्ब डलरको सम्पत्ति जफत गर्‍यो

डिसी नेपाल
३२ साउन २०८० १६:२३

काठमाडौं । सिङ्गापुर प्रहरीले मनी लान्ड्रिङ विरुद्ध चलिरहेको अभियान अन्तर्गत छापा मारेर एक अर्ब डलर बराबरको सम्पत्ति जफत गरेको छ ।

यसमा महँगो कारहरू, विलासी घरहरू, डिजाइनर ह्यान्डब्यागहरू सहित नगद समावेश छ।

यस घटनामा हालसम्म १० जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुबाट विदेशी राहदानी समेत बरामद गरेको छ ।

यी मानिसहरू चीन, कम्बोडिया, टर्की र भानुआटु जस्ता देशका नागरिक भएको बताइएको छ।

तर सिङ्गापुरमा यस प्रकारको छापा विरलै हुने गरेको छ किनभने सिंगापुरमा अपराध दर विश्वका अन्य देशको तुलनामा निकै कम छ ।

सिङ्गापुर प्रहरीको वाणिज्य मामिला विभागका निर्देशक डेभिड च्युले भने, “सिंगापुर अपराधीहरूको लागि सुरक्षित आश्रयस्थलको रूपमा प्रयोग भएको कुरा हामी पूर्ण रूपमा स्वीकार गर्दैनौं।”

“अपराधीहरूलाई हाम्रो सन्देश स्पष्ट छ – यदि हामीले तपाइँलाई समात्यौं भने, हामी तपाइँलाई पक्राउ गर्नेछौं। यदि हामीले तपाइँको अवैध सम्पत्ति फेला पार्छौं भने हामी ती जफत गर्नेछौं। र तपाइँलाई कानून अनुसार कडा कारबाही गर्नेछौं।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *