पोखरीमा खसेको बाच्छोलाई बचाउन पोखरीमा गएका ५ गाउँलेको मृत्यु

डिसी नेपाल
२ भदौ २०८० १०:५२

काठमाडौं । झारखण्डको राजधानी राँची नजिकैको पिस्का गाउँमा पोखरीमा खसेको बाच्छोलाई बचाउने क्रममा दुर्घटना हुँदा पाँच गाउँलेको मृत्यु भएको छ ।

सोही क्रममा दुर्घटनामा बाँचेका दुई जनालाई अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको अवस्था पनि चिन्ताजनक रहेको छ । राज्यका मुख्यमन्त्री हेमन्त सोरेनले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले ट्विट गर्दै भनेका छन्, ‘सिल्लीको मुरी क्षेत्रको पिस्का गाउँमा पोखरीमामा डुबेर ५ जनाको मृत्युको दुखद खबरले दुखित भएको छु । यस दु:खद घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् र मृत आत्माको चिर शान्तिको कामना गर्दछु।

घटनास्थलमा उपस्थित एक प्रत्यक्षदर्शीले बीबीसीलाई भने, “बिहीबार साँझ आनन्द मान्झीको बाच्छो छिमेकीको पोखरीमा खसेको थियो । उसलाई बचाउन गाउँका ७ जना इनारमा झरेका थिए । आठौं व्यक्तिले कुवाको छेउमा उभिएर उनीहरूलाई सहयोग गरिरहेको थियो। त्यही क्रममा इनारको माथिल्लो सतहमा रहेको माटो एकाएक भत्किन थालेपछि त्यसमा पस्ने सातै जना माटो र त्यहाँ रहेको ढुङ्गामुनि पुरिए ।

“गाउँलेले यसबारे प्रहरी र प्रशासनिक अधिकारीहरूलाई जानकारी गराए र आफूहरूले पनि बचाउने प्रयास गरे। यसैबीच राँचीबाट एनडीआरएफको टोली पनि पुगेको छ । तर, मध्यरातसम्म चलेको राहत तथा उद्धार कार्यका बाबजुद पनि ५ जनालाई जीवितै निकाल्न सकेन । उनीहरूको इनार भित्रै मृत्यु भयो । राहतकर्मीहरूले उनीहरूको शव निकाले।”

सिल्लीका स्टेशन इन्चार्ज आकाशदीपले यसको पुष्टि गरेका छन् । वर्षाका कारण इनार नजिकको माटो भिजेको उनले सञ्चारमाध्यमलाई बताए । वर्षाका कारण राहत कार्यमा समेत समस्या भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *