चन्द्रयान–३ ले पठायो चन्द्रमाको पछिल्लो तस्विर

डिसी नेपाल
२ भदौ २०८० ११:५४

काठमाडौं । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले शुक्रबार चन्द्रयान–३ बाट पठाएको चन्द्रमाको पछिल्लो तस्विर सार्वजनिक गरेको छ ।

यी तस्बिरहरू हिजो अर्थात बिहीबार नै आफ्नो प्रोपल्सन प्रणालीबाट अलग भएको चन्द्रयान–३ को ल्यान्डरले खिचेका हुन् ।

अब चन्द्रयान–३ को ल्यान्डर चन्द्रमाको सतहतर्फ जान थालेको छ र आगामी दिनमा यो बिस्तारै चन्द्रमामा अवतरण हुनेछ ।

चन्द्रयान-३ बाट पठाइएका यी तस्विरहरूमा चन्द्रमाको सतहमा गहिरो खाडलहरू देखिन्छन्, जसलाई क्रेटर भनिन्छ।

यी तस्बिरहरू गत अगस्ट १५ मा खिचिएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *