चर्च जाँदै गरेका युक्रेनी माथि रुसी हमला

डिसी नेपाल
३ भदौ २०८० ७:१७

किभ। रुसी सेनाले युक्रेनको ऐतिहासिक सहर चेर्निहाइभमा मिसाइल हमला गरेको छ।

युक्रेनको आन्तरिक मन्त्रालयले रुसी मिसाइलले भीडभाड भएको चोकमा प्रहार गर्दा ६ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको र १२९ जना घाइते भएको जनाएको छ।

हवाई आक्रमण हुँदा मानिसहरु धार्मिक बिदा मनाउन चर्च जाँदै गरेको मन्त्रालयले जनाएको छ। आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले रुसी आक्रमणमा घाइते हुनेमा १५ बालबालिका र १५ प्रहरी अधिकारी रहेको सामाजिक सञ्जाल पोस्ट गर्दै बताएका छन्।

स्वीडेनको आधिकारिक भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले टेलिग्राममा एउटा पोस्टमा रुसले चर्च जानेहरू माथि मिसाइल आक्रमण गरेको र चेर्निहाइभको सहरको केन्द्रमा आक्रमण गरेको बताए। मृत्यु हुनेमा महिला र बालबालिका रहेका छन्। उनले भने, ‘यो रूसको राक्षसी प्रवृत्तिको अर्को दुखद दृश्य हो।’

जेलेन्स्कीले पोस्टमा आक्रमणपछिको भिडियो पनि सेयर गरेका छन्। जसमा ड्रामा थिएटर अगाडिको चोकमा भग्नावशेष छरिएको देखाइएको छ। आक्रमणबाट त्यहाँ पार्किङ गरिएका गाडीमा ठूलो क्षति पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *