सहारा बनेको सहारा सहकारी
नेपालमा यता केही वर्ष धेरै सहकारीले धेरै ग्राहक वा निक्षेपकर्ताको रकम कुम्ल्याएर धेरै सञ्चालकहरु भगेको समाचार आइरहेका छन्।
सहकारीले बचतकर्ताको रकम डुबाए, सावाँ व्याज फिर्ता दिएनन्, सहकारीले बचतकर्तालाई ठगे, सहकारी संकटग्रस्त, सहकारी डुव्यो जस्ता सहकारी सम्बन्धि नराम्रा खबर अनेक सञ्चार माध्यायममा समाचार नआएको दिन नै छैन भन्दा अत्युक्ति हुँदैन।
यस्ता समाचारले बचतकर्ताको रकम र विश्वास मात्रै डुबाउँदैन सहकारीको भविश्य पनि डुबाउँदछ।
यस्ता सहकारीका निराशजनक समाचारलाई चुनौती दिँदै सहकारीमा आशाको किरण बोकोर सहारा सहकारी अधिबढिरहेको छ। सहाराले भन्छ सहकारीको राम्रो पक्ष छ भन्ने उदाहरण र नमुना प्रस्तुत गर्नुछ भने सहारा सहकारीको नाम लिनुहोस्।
किनभने सफल सहकारीको हामी उदाहरण र नमुना छौं भन्ने हाम्रो दाबी छ। आउनुहोस् सफल उदाहरणीय नमुना सहकारी सहारामा प्रवेश गरौं।
सहारा सहकारीमा प्रवेश गर्नु अघि एकछिन नेपालको सहकारीको जंगलमा प्रवेश गरौं। सहकारी विभागले जारी गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ अषाढ मसान्तसम्ममा सहकारी संस्थाहरुको संख्या २९ हजार ८८६ पुगेको छ। जसमा ७३ लाख ३७ हजार २५२ सदस्यहरु आवद्ध रहेका छन्।
जसमार्फत ९४ अर्ब १२ करोड शेयर पूँजी, ४ खर्ब २६ अर्ब ३१ करोड ऋण परिचालन भएको छ। सहकारी क्षेत्रले ९१ हजार ३०१ प्रत्यक्ष रोजगारी सिर्जन गर्न सफल भएको छ। यो त भयो सहकारी जंगलको सामन्य नालिबेली।
अब सहकारीको पहिलो विरुवाको बारे पनि सामान्य जानकारी लिएर मात्र सहारामा प्रवेश गरौं। चितवनको नारायणगढ चोकबाट १३ किलोमिटर दक्षिणमा सारदानगर छ। यही सारदानगरमा बखान सहकारी छ।
यही बखान सहकारीलाई नेपालको पहिलो सहकारी मानिन्छ। बखान सहकारीका संस्थापक अध्यक्ष बखानसिंह गुरुङले ६० जना स्थानीय बासिन्दालाई सहभागी गराएर प्रत्येक व्याक्तिबाट शेयरवापत रु १० का दरले जम्मा गरी ६ सय पूँजी कायम गरेर सहकारी संस्थापना गराएका थिए।
बखान सहकारी २०१३ साल चैत्र २० गते दर्ता भएको थियो। तेही दिनलाई राष्ट्रिय सहकारी दिवस मनाउन थालिएको हो। सहकारीको यही पहिलो विरुवा झाङ्गिएर माथि उल्लेख गरिएको सहकारीको जंगल भएको हो।
यही जंगलमा सप्रिएको एउटा गतिलो सहकारी रुख सहाराको बारे सामन्य जानकारी लिन अब सहारामा प्रवेश गरौं। सहारा नेपाल बचत ऋण सहकारी संस्था लिमिटेड नाम गरेको एक सहकारी संस्था झपा जिल्लाको तत्कालीन चारपाने गविसमा २०५२ साल चैत्र २१ गते स्थापना भएको थियो।
यसको स्थापना गर्दा जम्मा शेयर सदस्य संख्या ३३ जनाको थियो। शेयर पूँजी ३४००० थियो। यो सहकारीको कल्पनाकार महेन्द्र गिरी थिए जसले अहिलेसम्म साहारा सहकारीलाई सकृय नेतृत्व दिइरहेका छन्। महेन्द्र गिरी सहित नरनाथ गिरी, दुर्गा भण्डारीलगायतले सहकारी स्थापना गर्ने निर्णय गरेका थिए।
२०५२ सालमा ३३ जना संस्थापक शेयर सदस्य भएको र ३४००० शेयर पूँजी भएको सहरा सहकारी २०८० सालमा आइपुग्दा शेयर सदस्य संख्या १५९७७८ जना भएको छ भने शेयर पूँजी १,६३१,६१६,००० भएको छ।
यो सहकारी झापा बाहेक मोरङ, सुनसरी, इलाम, पाँचथर, उदयपुरमा पुगेको छ। सबै गरी यसका ७९ वटा सेवा केन्द्रहरु छन्। यो सहकारीको कूल पूँजी तथा दायित्व रु.१५,३८६,६२३,९७५छ। यसको निक्षेप रु ९,८५३,६९५,६०१ छ।
यसले रु १३,०००,३९९,२२७ ऋण लगानी गरेको छ। यसले रु २,०५४,२५९,०७१ आम्दानी गरेको छ भने सबै खर्च कटाएर रु ४९७,७६०,०२६ नाफा गरेको छ ७८/७९ आर्थिक वर्षमा। यो सहारा सहकारीले यो वर्ष संस्थाको पूँजी लगानी कर्ता शेयर सदस्यहरुलाई सहकारी ऐनको मातहतमा रही लगानीको प्रतिफल दिने योजनालाई निरन्तरता दिएको छ।
यस वर्ष शेयर लाभांश वापत रु.२०,८३,६३,९४३ र संरक्षित पूँजी कोष वापत रु ९,३२,२७,७१५गरी कूल रु ३०,१५,९१६५८ वितरणको योजना बनाएको छ। यसबाट पनि थाहा हुन्छ आर्थिक मन्दिमा पनि यो सहकारी कति बलियो भएर गएको छ भनेर।
यसले शेयर सदस्यहरुलाई १८ प्रतिशत बोनस दिएको छ। सहारामा झण्डै १० अर्बको बचत भएको छ। यसको ४१ करोडको भौतिक सम्पत्ति छ।
पहिलाको चारपाने गविसि र हालको बिर्तामोड नगरपालिका वार्ड नं २ मा मूख्य कार्यलय रहेको सहारा सहकारी झापाको प्रतिष्ठित, स्थापित र भरोषायोग्य सहकारी भएको छ। यसको मूख्य कार्यलय चारपाने चोकमा छ।
त्यहाँ सहारा सहकारीको ६ कठ्ठा जमिनको कम्पाउण्डमा यसको पाँचतले आधुनिक लिफ्ट सुविधा भएको भवन छ । यो भवन २०७२ सालमा निर्माण सुरु भएर २०७९ सालमा सम्पन्न भएको हो। यसको निर्माण लागत २५ करोड रहेछ। यसले पनि जाहेर गर्छ कि यो सहकारी सबै किसिमले बलियो भएर गइरहेको छ।
सहारा सहकारीले मूलरुपमा ६ वटा सेवा दिइरहेको छ। यसले जीवन वीमाको सेवा दिइरहेको छ। जीवन वरदानको सेवा दिएको छ। ऋण कारोबारको सेवा दिएको छ। बचत कारोबारको सेवा दिएको छ। मोबाइल बैंकिङको सेवा दिएको छ।
तेस्तै रेमिट्यान्सको पनि सेवा दिएको छ। यी बाहेक अन्य धेरै सामुहिक तथा सामाजिक उत्पादन, रोजगार र सीप विकासका सेवा पनि यो सहकारीले दिएको अर्कों उल्लेख्य पक्ष हो।
सामाजिक सुरक्षा तथा स्वास्थ्य कार्यक्रम अन्तर्गत यो संस्थाले यो वर्ष अर्थात २०७९ सालमा जेष्ठ सदस्य, एकल महिला पुरुष, मृत्यृ राहत कोभिड साहायताका लागि ८४३० जना ऋण मिनाह ४११५ र स्वास्थ्य उपचार सेवा ३२७६ जना गरी १५८२१ जनालाई १६,७४,७१४३० रकम सहयोग गरेको छ। यसले पनि देखाउछ कि बलियो सहकारी सहारा कसरी शेयर सदस्यहरु र अन्यहरुको लागि साहरा भएको छ।
विगत लामो समयदेखि विश्व अर्थतन्त्रलाई संकटग्रस्त पारेको कोभिड र यता पछिल्लो रुस-युक्रेन युद्धबाट सिर्जित आर्थिक मन्दीको प्रभावको कारण बैंक तथा वित्तीय संस्थामाहरुमा देखिएको तरलता अभाव चुनौतीमा यो सहकारी पनि परेको छैन भन्न सकिन्न।
यस्तो प्रतिकूल परिस्थितिमा पनि सदस्य र समुदायमा गरेको प्रशंसनीय कार्य हो। साथै आर्थिक मन्दी तथा तरलता संकटमा पनि सदस्यहरुसँग सहज कारोबार गर्न सक्नुले पनि यो संस्था मजबुतीको अवस्थामा रहेको स्पष्ट हुन्छ।
सहारा सहकारीले शेयर सदस्यको लागि सामाजिक सुरक्षा योजना कार्यन्वयन गरिरहेको छ र थप योजना समेत अघि सारेको छ। तब त सहारा सहकारी।
यस सहकारीले ६५ वर्ष पुरा भएका जेष्ठ शेयर सदस्यहरुलाई स्वास्थ्य जीवन रहनको लागि पोषणयुक्त खानपान गर्नको लागि वार्षिक ६००० पोषण भत्तालाई निरन्तरता गरेको छ। यो कार्यक्रमको नाम सदस्य पोषण भत्ता कार्यक्रम राखेको छ।
त्यस्तै किसिमले जेष्ठ सदस्य सम्मान भत्ता कार्यक्रममा ७० वर्ष उमेर पुरा गरेका जेष्ठ शेयर सदस्यहरुलाई वार्षक रु ८००० उपलब्ध गराउने कार्यक्रम छ। ८१ वर्ष उमेर पार भएपछि उक्त रकम १०,००० हुनेछ।
सामजिक सुरक्षा योजना अन्तर्गतको अर्को कार्यक्रमको नाम हो दीर्घायु सदस्य भत्ता। यस कार्यक्रममा यस संस्थाले जेष्ठ सदस्यहरुको दीर्घ जीवनको कामना गर्दै ८६ वर्ष देखि ९९ वर्षसम्मका सदस्यहरुलाई दीर्घायु सदस्य भत्ता रु २५,००० वार्षिक रुपमा दिइरहेको छ।
एकल महिला भत्ता कार्यक्रममा लोग्नेको मृत्यु भर्इृ एकल जीवन बिताइरहेकी महिला सदस्यहरुलाई वार्षिक ८००० दिइने गरेको छ सहारा सहकारीले। त्यस्तै किसिमले ५८ वर्ष नाघेका एकल पुरुष सदस्यलाई एकल पुरुष सहयोग कार्यक्रम अन्तर्गत वार्षिक ६००० उपलब्ध गराउँदै आएको छ।
सहारा सहकारीको सदस्य संरक्षण योजना अन्तर्गतको भरोसा कार्यक्रमले शेयर सदस्यका सन्तानहरुलाई सहारा सहकारीले टुहुरा हुन दिँदैन।
त्यस्ता अनाथ बच्चाहरुको सहाराले अभिभावकत्व लिन्छ। संस्थाले बालिग नहुन्जेल शिक्षा र पालन पोषणको खर्च प्रदान गर्दछ। सहारा नामको मात्र नभएर कामको पनि सहारा भएको छ।
सदस्य संरक्षण कार्यक्रम अन्तर्गतको हौसला कार्यक्रमले पूर्णरुपमा स्थाई अशक्त र अपांग भएको शेयर सदस्यलाई जीवनयापनको सहजताको लागि वार्षिक १०००० दिने गरेको छ।
सदस्य संरक्षण योजना अन्तर्गतको स्मृति शिर्षकको कार्यक्रममा दिवंगत भएका शेयर सदस्य तथा कर्मचारीको सम्झना स्वरुप २/२ वर्षमा कार्यक्रम गरी आश्रित परिवारलाई रु २५,००० समेत ५ पटकसम्म उपल्ब्ध गराउने कार्यक्रम छ।
यसरी नै परिवार राहत कार्यक्रम अन्तर्गत ७५ वर्ष पुगेपछि र ७५ वर्ष नपुगे पनि दीर्घरोग लागेर उपचाररत शेयर सदस्य भएको १२ वर्ष समयावधि पुगेका स्वयम् शेयर सदस्यलाई नै तथा मृत्यु भएको अवस्थामा परिवारका सदस्यहरुलाई जीवन यापन सहजताका लागि ५ लाखसम्म्को परिवार राहत कार्यक्रमलाई यो सहकारीले निरन्तरा दिइरहेको छ।
सहाराको संस्कार र संस्कृति जगेर्ना योजना अन्तर्गत सरहे अभियान शिर्षकको कार्यक्रम छ। जसमा सदस्य परिवारमा मरिमराउ भएको अवस्थामा काजक्रिया अवधिमा नै समवेदनासहित रु ३०००० दिने कार्यक्रमलाई निरन्तरता दिएको छ।
त्यसरी नै दशकर्म तथा वार्षिकी सुविधा शिर्षकको कार्यक्रम अन्तर्गत शेयर सदस्यको परिवारमा मरिमराउ भएको अवस्थामा दशकर्मका लागि रु ३०००० उपलब्ध गराउँदै आएको छ सहारा सहकारीले। यो परिवारका जति शेयर सदस्य छन् सबैले ३०००० पाउने हो।
९० प्रतिशत महिला सेयर सदस्य भएको सहारा सहकारीले महिलाका हित लगायत बहुत धेरै क्षेत्रमा सेवा र सुविधा दिएको छ। यसले स्वास्थ्य, शिक्षा, कृषि, सीप आदि धेरै क्षेत्रमा सेवा, सुविधा बढाएको छ।
सहाराले सहकारी मात्र उठ्ने होइन कि समुदाय नै उठ्नुपर्छ भन्ने मान्यतामाथि उभिएर नीति कार्यक्रम अघि सारेको देखिन्छ। जेष्ठ नागरिकका सेवा सुविधा हित र कल्याणका लागि सहाराले धेरै राम्रा कार्यक्रम अघि सारेको छ। सहारा सहकारीले सहकारीलाई नाफा र समुदायलाई सेवालाई सन्तुलित किसिमले अघि बढाएको देखिन्छ।
मेरो गौरव मेरो सहारा,सबैको लागि सधैको लागि सधैको लागि संस्थाको नारा बनाएको सहारा सहकारीले व्यवहारमा पनि प्रमाणित भएको छ। सहारा सहकारी नेपाल कै एक उदाहरणीय नमूना सहकारी भएको छ।
यो सहकारीलाई यसरी सफल बनाउनमा यसका परिकल्पनाकार तथा संस्थापक तथा हालका सदस्य सचिव महेन्द्र गिरीको निरन्तर सृजनात्मक मेहनतलाई जस दिनै पर्दछ।
साथै विभिन्न समयमा नेतृत्व दिने सञ्चालक समिति संस्थापक सदस्यहरु स्थानीय समाजसेवीहरु शेयर सदस्यहरु बचतकर्ता, ऋणीहरु सबैको योगदान छ।
सहकारीका नराम्रा मात्रै समाचार आइरहेको बेलामा एउटा राम्रो र सफल सहकारीको उदाहरण बनाउन सहारा सहकारी आफैमा सहकारीको उज्यालो पक्ष पनि हो।
सहारा सहकारीले आफ्ना शेयर सदस्यहरुलाई विभिन्न जिल्लाका दर्शनीय स्थानको भ्रमणमा लगेर आन्तरिक पर्यटनलाई पनि बल दिएको छ। सहारा सबैको सहारा भएर यसले आप्mनो नाम सार्थक बनाएको छ। य
सको भविश्य उज्वल देखिन्छ । सहकारी चलाउनेहरुले झापा चारपाने चोकमा प्रमुख कार्यलया रहेको सहारा सहकारीलाई सबैले गुरु मान्न सक्छन्।
Facebook Comment