इमरान खानको पार्टीका नेता शाह महमूद कुरैशी पक्राउ

डिसी नेपाल
३ भदौ २०८० १३:२२

काठमाडौं । पाकिस्तानका प्रमुख विपक्षी नेता शाह महमूद कुरैशी इस्लामावादमा पक्राउ परेका छन् । पाकिस्तानको तहरीक–ए–इन्साफ पार्टीले उनको गिरफ्तारीको पुष्टि गरेको छ ।

तहरीक-ए-इन्साफ (पीटीआई) पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी हो र शाह महमूद कुरैशी पीटीआईका उपाध्यक्ष हुन्।

कुरैशीलाई राजधानीमा रहेको उनको घरबाट ठूलो प्रहरी टोलीले पक्राउ गरेको पीटीआईले जनाएको छ। उनलाई पाकिस्तानको संघीय अनुसन्धान एजेन्सीको मुख्यालयमा लगिएको पार्टीले जनाएको छ ।

इस्लामावाद प्रहरीका एक अधिकारीका अनुसार शाह महमूद कुरैशी उनीहरुको हिरासतमा छैनन्, त्यसैले एफआईए अधिकारीहरूले उनलाई पक्राउ गरेर लगेको हुनसक्ने सम्भावना छ।

यसबारे बीबीसीले एफआइएका प्रवक्तालाई सम्पर्क गर्दा उनले शाह महमूद कुरैशीको गिरफ्तारीबारे उच्च अधिकारीसँग सम्पर्कमा रहेको र पुष्टि हुनेबित्तिकै सञ्चारमाध्यमलाई जानकारी गराइने बताए ।

गिरफ्तारीको खबर आउनुअघि शाह महमूदले एक पत्रकार सम्मेलन गरेका थिए जसमा उनले पीटीआईले चुनावमा हुने ढिलाइलाई संविधान अनुसार चुनौती दिने बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *