रुसको लुना-२५ चन्द्रमामा सफ्ट ल्याण्डिङ हुनुभन्दा एक दिनअघि नै दुर्घटनाग्रस्त

डिसी नेपाल
३ भदौ २०८० १५:५८

काठमाडौं । रुसको लुना–२५ अन्तरिक्ष यान चन्द्रमामा दुर्घटनाग्रस्त भएको छ । रुसले यो अभियान भारतको चन्द्रयान ३ मिशनको केही दिनपछि सुरु गरेको थियो ।

यो मानवरहित यानले चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्यान्डिङ गर्न लागेको थियो तर त्यसअघि नै प्राविधिक गडबडी र सम्पर्क टुटेको जानकारी आएको थियो ।

रसियाको राज्य अन्तरिक्ष एजेन्सी रोसकोसमोसले आइतवार बिहान बताएअनुसार शनिबार अपराह्न १४:५७ (११:५७ जीएमटी) को केही समय पछि लुना-२५ सँग सम्पर्क टुटेको थियो।

यो अपरिचित कक्षमा गएर चन्द्रमाको सतहसँग ठोक्किएको बयानमा भनिएको छ । रुसले चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्न भारतको चन्द्रयान–३ सँग प्रतिस्पर्धा गरिरहेको थियो ।

भारतको चन्द्रयान–३ अर्को साता चन्द्रमाको सतहमा अवतरण गर्ने तयारी भएको छ ।

अहिलेसम्म कुनै पनि देशले चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्न सकेको छैन । यद्यपि अमेरिका र चीनले चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गरेका छन् ।

पछिल्लो झण्डै ५० वर्षमा रुसको चन्द्रमामा यो पहिलो अभियान थियो। यो यान सोमबार अवतरण हुने थियो ।

लुना २५ चन्द्रमाको त्यो भागको अनुसन्धान गर्न गएको थियो जहाँ वैज्ञानिकहरूले जम्मा भएको पानी र धेरै मूल्यवान तत्वहरू फेला पार्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *