हिलारी आँधीको तीव्रता घट्यो, तर अझै घातक हुनसक्छ – अमेरिका

डिसी नेपाल
४ भदौ २०८० १३:३९

काठमाडौं । आँधी हिलारी मेक्सिको र क्यालिफोर्नियाको प्रशान्त तटमा पुग्दा कमजोर भएको तर यसले अझै ठूलो बाढी निम्त्याउन सक्ने र “घातक” हुन सक्ने अमेरिकी मौसमविद्हरूले चेतावनी दिएका छन् ।

मेक्सिकोको बाजा क्यालिफोर्निया प्रायद्वीप र अमेरिकाको दक्षिणपश्चिमका केही भागमा गए राति भारी वर्षा भयो।

तर, अहिले हावा पहिलेको तुलनामा सुस्त गतिमा चलिरहेको छ । जसका कारण आँधीलाई वर्ग एकमा झरेको छ ।

अमेरिकी राष्ट्रिय तूफान केन्द्र (एनएचसी) ले आइतवार एक अपडेटमा भन्यो कि तूफान हिलारीको केन्द्र बाजा क्यालिफोर्नियाको पश्चिमी बिन्दु, पुन्टा युजेनियाबाट १४५ किलोमिटर दक्षिणमा थियो।

एनएचसीका अनुसार आँधीको केन्द्र “बाजा क्यालिफोर्निया प्रायद्वीपको पश्चिमी-मध्य तट नजिकै आइतवार बिहान सर्नेछ” र त्यसपछि आइतबार दिउँसो दक्षिणी क्यालिफोर्निया तर्फ सर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *