भक्तपुरको बाल सुधार गृहबाट २ सय भन्दाबढी कैदीबन्दी भागे, ८७ जना काठमाडौंबाट पक्राउ

डिसी नेपाल
४ भदौ २०८० १७:४१

काठमाडौं । भक्तपुरको सानोठिमीस्थीत बाल सुधार गृहबाट २ सय भन्दाबढी कैदीबन्दी भागेका छन् । सोमबार सुधार गृहको पछाडिको ढोका तोडेर उनीहरु भागेका हुन् ।

भागेकामध्ये ८७ कैदीबन्दी काठमाडौंबाट पक्राउ परेको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार १२९ जना अझै फरार रहेको र उनीहरुको खोजीका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

आइतबार बाल सुधार गृहमा बालकको मृत्युको घटनालाई लिएर तनाव उत्पन्न भएको थियो । बाल सुधार गृहमा रहेका कमल बस्नेतको समयमा नै उपचार नपाएको मृत्यु भएको भन्दै सुधार गृहमा रहेकाले बाहिर निस्केर प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको भएको थियो । विभिन्न अपराधमा मुछिएर बाल सुधार गृहमा राखिएका बालबालिकाहरुले बाहिर निस्केर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

सो क्रममा बाल सुधार गृहभित्रबाट सुरक्षाकर्मीमाथि ढुङ्गामुढा भएपछि स्थीति नियन्त्रणमा लिने क्रममा झडप भएको थियो । झडपका क्रममा ८ जना शसस्त्र प्रहरी, ७ जना प्रहरी र ६ जना बाल सुधार गृहमा रहेका बन्दीहरु घाइते भएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *