प्रकाश र अन्नुको ‘गैरी खोला बनैमा’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं। चर्चित गायक प्रकाश तामाङ तितुङ, र पछिल्लो समयकी सफल गायिका अन्नु चौधरीको स्वरमा ‘गैरी खोला बनैमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
बिक्रम तामाङ मलाकीको शब्द तथा संगीत रहेको गीत काठमाडाैंमा प्रेसमिटको आयोजना गर्दै सार्वजनिक गरिएको हो। आग्गा लामाको एरेञ्ज तथा अशोक महर्जनको मिक्सिङ रहेको गीत ‘खुइले बाजे’ युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ।
बिक्रमको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियोमा स्वयम बिक्रम (खुइले बाजे), पछिल्ललो समय चर्चित मोडल मिस पवि र उमेश राई (फुलन्देकी आमा) फिचर्ड छन्।
जातभात भन्दा बढी माया ठुलो भन्ने सन्देश बोकेको गीतमा सेलो भाका र सुदुरपश्चिमको भाकालाई फ्युजन गरिएको छ। सोही अनुसार नै प्रिमिल जोडीको प्रेम सम्वन्धलाई म्युजिक भिडियोमा देखाइएको छ। गीतको भाव अनुसार मिस पवि र बिक्रमको जोडीको जमेको छ।
कार्यक्रममा बोल्दै गायक प्रकाशले सुदुरपश्चिमको भाका पहिलो चोटी गाउदा फरक अनुभव भएको बताए। त्यस्तै गायिका अन्नुले सुदुरपश्चिमको भाका र सेलो भाकाको गीत गाउने अफर आउने बित्तिकै मनपरेको बताइन्।
गीत रेकर्डको दिन सम्झिदै अन्नुले भनिन्, गाउदापनि एकदमै सहज, एमदमै मिठो मेलोडी।’ मोडल मिस पविले पनि गीतको शब्द र संगीतको प्रसंसा गर्दै भनिन्, ‘सुदुरपश्चिमेली लवज र सेलोमा एकदमै मिठो लागेको थियो ।’ उनले थप्दै भनिन्, गीतको शब्द सेलोमा नाच्न आउँदैन, साच्चिकै मलाई सेलोमा नाच्न आउदैन थियो ।’
निर्देशन, कोरियोग्राफी र अभिनय एकसाथ गर्न गाह्रो भएको बिक्रमले बताए। उनले भने, ‘टिमको साथले सफल भयौं।’ कार्यक्रममा चर्चित गायक दिपक लिम्बु पनि उपस्थित भएर गीतको सफल्ताको शुभकामना दिएका थिए।
बिक्रमको निर्देशन, कोरियोग्राफी र अभिनय रहेको म्युजिक भिडियोलाई दिपेन बस्न्यातले सिनेमाटोग्राफी र एडिटको काम सम्हालेका छन् । यस भिडियोको करल बिष्णु खड्काको रहेको छ, भने टार्जन लिम्बुको ड्रोन रहेको छ।
Facebook Comment