सन्नी देओलको गदर २ ले सबै सफल भारतीय फिल्मको रेकर्ड तोड्यो

डिसी नेपाल
५ भदौ २०८० १४:०७

काठमाडौं । बलिउड अभिनेता सनी देओलको फिल्म गदर–२ ले बक्स अफिसमा हरेक दिन नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । यो फिल्मले १० दिनमा देशमा ३७५.१० करोडको व्यापार गरि ४०० करोडको आँकडातर्फ अघि बढेको छ ।

अगस्ट ११ मा रिलिज भएको गदर–२ ले रिलिजको दोस्रो सप्ताहान्तमा (शुक्रबारदेखि आइतबार) मा ९०.४७ करोड भारु कमाएको छ ।

यस अवधिमा गदर–२ ले धेरै सफल फिल्मको कीर्तिमान तोड्यो । वर्षको सुरुमा रिलिज भएको शाहरुख खानको फिल्म ‘पठान’ले दोस्रो साताको अन्त्यमा ६३.५ करोड कमाएको थियो ।

फिल्म समीक्षक तरण आदर्शका अनुसार दोस्रो सप्ताहन्तमा प्रभासको ‘बाहुबली–२’ ले ८०.७५ करोड, यशको ‘केजीएफ–२’ ले ५२.४९ करोड, आमिर खानको ‘दंगल’ले ७३.७ करोड र रणवीर कपूरको ‘सञ्जु’ले ६२.९७ करोड कलेक्सन गरेको थियो ।

गदर–२ ले शुक्रबार २०.५ करोड, शनिबार ३१.०७ र आइतबार ३८.९ करोडको व्यापार गरेको छ । गदर–२ सन् २००१ मा रिलिज भएको गदर–एक प्रेम कथाको सिक्वेल हो । यो चलचित्रलाई समीक्षक र फ्यान दुबैले मन पराएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *