आजको विदेशी मुद्राको विनिमय दर, डलरकाे भाउ १३२ बढी
काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ४० पैसा र बिक्री दर १३३ रूपैयाँ ०० पैसा तथा युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ १४ पैसा र बिक्री दर १४४ रूपैयाँ ८० पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ०१ पैसा र बिक्री दर १६९ रूपैयाँ ७७ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.७० रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९८ रुपैयाँ २७ पैसामा काराेबार हुनेछ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ९ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसामा काराेबार हुदाँ बुधवार दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९ पैसा र बिक्रीदर ९ रूपैयाँ ९४ पैसामा काराेबार हुनेछ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३२ पैसा र बिक्री दर ३६ रूपैयाँ ४९ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४६ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.४९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६१ रुपैयाँमा खरिदबिक्री गर्न सकिनेछ।
साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.७२ पैसा विक्रीदर ४३१.६६ पैसा कायम भएकाे छ।
Facebook Comment