इसरोकाअध्यक्षले चन्द्रयान ३ को अवतरण प्रक्रियाबारे विस्तृत जानकारी दिए
काठमाडौं । आज साँझ ६.०४ बजे चन्द्रयान ३ ले चन्द्रमाको सतहमा सफ्ट ल्याण्डिङको तयारी गरिरहेको छ ।
इसरोले मिसन निर्धारित समयमा हुने र यसको प्रत्यक्ष प्रसारण ५:२० बजे सुरु हुने जानकारी दिएको छ ।
इसरो अध्यक्ष एस सोमनाथ अंग्रेजी अखबार टाइम्स अफ इन्डियासँग कुरा गर्दै ल्यान्डिङको सम्पूर्ण प्रक्रियामा ३० मिनेटसम्म लाग्न सक्ने उनले बताए ।
अन्तिम १५ मिनेट सबैभन्दा महत्त्वपूर्ण हुने बताइएको छ ।
एस सोमनाथले भने, “यसका लागि करिब ३० मिनेट लाग्न सक्छ। सही टाइमलाइन मिसनका धेरै पक्षहरूमा निर्भर हुनेछ, जस्तै ल्यान्डर मोड्युलको अवस्था, प्रणालीहरूले कसरी प्रदर्शन गरिरहेका छन्, वातावरण कस्तो छ। हामी पूर्व-निर्धारित स्थानमा अवतरण गर्नेछौं वा यदि त्यो स्थान उपयुक्त छैन भने नयाँ स्थान छनौट गर्नेछौं । त्यहाँ धेरै कारकहरू छन् जसमा समयरेखा निर्भर गर्दछ। ”
यदि आज विक्रम ल्यान्डर चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्यान्डिङमा सफल भयो भने भारत त्यसो गर्ने पहिलो देश बन्नेछ। साथै अमेरिका, चीन र सोभियत संघपछि भारत चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गर्ने चौथो देश बन्नेछ ।
चन्द्रयान २ असफल भएपछि १४ जुलाईमा चन्द्रयान–३ मिसन प्रक्षेपण गरिएको थियो । ५ अगस्टमा चन्द्रयान–३ चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो ।
यो इसरोको वेबसाइट, युट्युब च्यानल र दूरदर्शन नेशनल मा ५.२० बजे प्रत्यक्ष प्रसारण हुनेछ। साँझ ६.०४ बजे, विक्रम ल्यान्डरले रोभर प्रज्ञानसँग चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्यान्डिङको प्रयास गर्नेछ।
सारा विश्वको नजर त्यतै रहनेछ । विशेषगरी रुसी मुन मिसन लुना–२५ आइतबार असफल भएपछि चन्द्रयान–३ को बारेमा कौतुहलता झनै बढेको छ ।
Facebook Comment