वाग्नर प्रमुख प्रिगोजिनसँग मारिएका ९ जना को हुन् ?

डिसी नेपाल
७ भदौ २०८० १३:३८

काठमाडौं । मस्कोको उत्तर-पश्चिममा भएको विमान दुर्घटनामा वाग्नरको सेना प्रमुख येभगेनी प्रिगोजिनको मृत्यु भएको छ।

उक्त विमानमा सात यात्रुसहित तीनजना चालक दलका सदस्य थिए र सबैको मृत्यु भएको छ । सबै शव बरामद गरी पहिचान भइसकेको छ ।

रुसको उड्डयन निकायले सात जना यात्रुको पहिचान गरी उनीहरुको नाम दिएको छ ।

प्रिगोजिनसँगै उनका नजिकका सहयोगी दिमित्री उत्किन, सर्गेई प्रोपुस्टिन, येभगेनी मकार्यान, अलेक्जेन्डर टोटमिन, भ्यालेरी चेकालोफ र निकोलाई मातुसेयेभको पनि दुर्घटनामा मृत्यु भएको थियो।

चालक दलका सदस्यहरू क्याप्टेन एलेक्सी लेभ्सिन, को-पाइलट रुस्तम करिमोभ र उडान परिचर क्रिस्टिना रास्पोपोभा थिए।

यस वर्ष जुनमा, प्रिगोजिनको नेतृत्वमा वाग्नरको सेनाले रूसमा विद्रोह गर्ने असफल प्रयास गर्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *