दुर्घटनाग्रस्त प्रिगोजिनको विमान कति सुरक्षित थियो ?
काठमाडौं । रूसमा वाग्नरको सेनाको निजी जेट, जसमा येभगेनी प्रिगोजिन पनि थिए, एम्ब्रेयर लिगेसी ६०० विमान थियो।
ब्राजिलको एम्ब्रेर लिगेसी ६०० विमान सन् २००२ मा ल्याइएको थियो र हालसम्म कम्पनीले यस मोडलका ३०० जेट बनाएको छ ।
इन्टरनेशनल एभिएसन हेडक्वार्टर वेबसाइटका अनुसार २० वर्षभन्दा बढी अवधिमा एउटा मात्र दुर्घटना भएको यो मोडेलको उत्कृष्ट सुरक्षा रेकर्ड छ।
वेबसाइटले सन् २००६ मा ब्राजिलको एम्ब्रेर फ्याक्ट्रीबाट अमेरिकाका लागि उडेको विमान दुर्घटनाको सिकार भएको तर मानवीय त्रुटिका कारण यो दुर्घटना भएको जनाएको छ ।
सन् २०२० मा कम्पनीले यो जेटको उत्पादन बन्द गरेको थियो ।
रुसको उड्डयन एजेन्सीले उक्त जेटमा सात यात्रुसहित तीन जना चालक दलका सदस्य रहेको र सबैको मृत्यु भएको बताएको छ ।
रुसको आपतकालीन सेवाले विमान दुर्घटनामा मारिएका सबै १० जनाको शव निकालिएको जनाएको छ ।
रुसका अनुसार प्रिगोजिनसँगै उनका नजिकका सहयोगी दिमित्री उत्किन, सर्गेई प्रोपुस्टिन, येभगेनी मकार्यान, अलेक्ज्याण्डर टोटमिन, भ्यालेरी चेकालोफ र निकोलाई मातुसेयेभ पनि विमानमा सवार थिए।
चालक दलका सदस्यहरू क्याप्टेन एलेक्सी लेभ्सिन, को-पाइलट रुस्तम करिमोभ र उडान परिचर क्रिस्टिना रास्पोपोभा थिए।
यस वर्ष जुनमा, प्रिगोजिनको नेतृत्वमा वाग्नरको सेनाले रूसमा विद्रोह गर्ने असफल प्रयास गर्यो।
Facebook Comment