हिमाचलको कुल्लुमा केही सेकेन्डमै धेरै भवनहरू भत्किए, भिडियो हेर्नुहोस्

डिसी नेपाल
७ भदौ २०८० १६:२२

काठमाडौं । हिमाचल प्रदेशमा वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । कुल्लुको बस स्ट्यान्ड नजिकको एउटा भिडियो सार्वजनिक भएको छ ।

यस भिडियोमा देख्न सकिन्छ कि वर्षाले कमजोर बनेका भवनहरू केही सेकेन्डमा भत्किएका छन् । हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्द सिंह सुखुले पनि घटनाको भिडियो सेयर गरेका छन् ।

हिमाचलका सीएमले लेखेका छन्, ‘कुल्लुबाट विचलित पार्ने तस्विरहरु बाहिर आइरहेका छन् । ती भवन दुई दिनअघि प्रशासनले खाली गराएको थियो ।’

समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै, एसडीएम नरेश वर्माले भने, “यी भवनहरू हाम्रो बस स्ट्यान्डको अर्को छेउमा छन्। चार–पाँच दिनअघि उनीहरुमा दरार देखिएको जानकारी पाएका थियौं । यी भवनहरूमा पसलहरू थिए। हामीले समयमै भवनहरू खाली गरेका थियौं। भवनभित्र दुईवटा बैंक पनि थिए । यी बैंकहरु पनि आफ्नो सामान लिएर सरेका छन् ।

नरेश वर्माले भने–तीनवटा भवन भत्किएका छन्, नजिकका भवनमा पनि धेरै क्षति पुगेको छ । हिमाचलमा भारी वर्षाका कारण मौसम विभागले रेड अलर्ट जारी गरेको छ । हिमाचलमा वर्षाका कारण अहिलेसम्म भएका दुर्घटनामा ७८ जनाभन्दा बढीको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *