काजी जगतसिंह राईलाई राष्ट्रिय विभूति घोषणा किन नगर्ने?
काजी जगतसिंह राई सिन्धुलीमा अङ्ग्रेजलाई लखेट्ने युद्धमा ठूलो पराक्रम देखाएका थिए। उनको योगदान र इतिहास सुरक्षित होस् उनको योगदान बाँचिरहोस् र उनीजस्ता बहादुर देशभक्त योद्धाबाट सबैले प्रेरणा लिइरहुन् भनेर उनीबारे केही प्रकाश पार्न कोशिस गरिएको छ।
यस्ता राष्ट्रिय विभूतिलाई ओझेलमा पर्न दिनु हुँदैन। यी सबैका साझा गर्व गर्न लायकका राष्ट्रिय सम्पत्ति हुन्। सिन्धिुलीको लडाइँ नेपालको लागि रणनीतिक हिसाबले धेरै महत्वको लडाइँ थियो।
गोरखाका राजा पृथ्वीनारायण नेपाल एकीकरणमा निकै अगाडि बढिसकेका थिए। उनको बढ्दो शक्तिसँग डराएर काठमाडौंका राजा जयप्रकाश मल्लले आफ्नो र राज्यको सुरक्षाको लागि भारतमा उपनिवेश जमाएर बसेको अङ्ग्रेज शासकसँग सहयोग माग्न पुगे विक्रम सम्वत् १८२४ मा। यो नेपाल कब्जा गर्ने अङ्ग्रेजको लागि सुनौलो अवसर थियो।
यो अवसर अङ्ग्रेज गुमाउन चाहँदैनथ्यो। उसको लागि यो के खोज्छस् कानो आँखो भएको थियो। अङ्ग्रेज फौज सिन्धिुलीको बाटो भएर काठमाडौं आउँदैछ भन्ने सूचना पृथ्वीनारायण शाहले पाइसकेका थिए।
उनले विश्लेषण गरिसकेका थिए यदि अंग्रेज नेपालमा भित्रियो भने न नेपाल एकीकरण गर्न सकिन्छ न उसलाई नेपाल कब्जा गर्नबाट रोक्न सकिन्छ न उसलाई नेपालबाट निकाल्न नै सकिन्छ।
सम्पूर्ण राईहरुले काजी जगतसिंह राईलाई राष्ट्रिय विभूति घोषणा गरियोस् भनेर माग गर्नुहोस्। जगतसिंहको सालिक उनले पराक्रम देखाएको स्थान सिन्धुली र जन्मेको स्थान खोटाङ याङसोलामा खडा गरियोस् भनेर यो मागलाई मुलुक कै माग बनाउन सबैलाई यो मागमा जोड्नुहोस्।
अत: यसलाई नेपाल एकीकरण गर्न र नेपालको अस्तित्वलाई जोगाउन जसरी पनि हाम्रो तागत लगाएर अंग्रेजलाई लखेट्नै पर्दछ भन्ने दृढ अठोट लिएर पृथ्वीनारायण शाहले ठोश रणनीतिको साथ आफ्ना फौजलाई सिन्धुलीतिर पठाए। उनले यसको लागि काम फत्ते गर्न सेनापति रामकृष्ण कुँवरलाई सबै जिम्मेवारी दिएर पठाएका थिए।
यही युद्धमा अरु जस्तै पराक्रमी योद्धाभध्ये एक थिए काजी जगतसिंह राई। यिनै राईको उच्च मूल्यांकन गर्दै उनको योगदानको कदर गर्दै उनलाई राष्ट्रिय विभूति घोषणा गरियोस् भन्ने आधारसहित याहाँ तर्क राख्न कोशिस गरिएको छ।
काजी जगतसिंह राई काठमाडौंका अन्तिम राजा जयप्रकाश मल्लाका बुबा राजा जगज्जय मल्लका पालामा काठमाडौं राज्यको सेनामा सरदार भएर काम गरेका थिए।
राजा जगज्जय र युवराजा जयप्रकाश मल्लको विबाद भएको थियो। यसमा जगतसिंहले जयप्रकाश मल्लको पक्ष लिएकोले राजा जगज्जयले उनलाई निकालेर काठमाडौंबाट धपाइदिए। त्यसपछि उनी केही समय खोटाङमा बसेर सिन्धुलीमा बसेका थिए।
त्यसपछि केही समयपछि उनले आफ्नो योग्यताको पहिचान गरेर सही किसिमले उपयोग गर्नसक्ने राजा पृथ्वीनारायण शाह हुनसक्छन् भन्ने ठानेर पृथ्वीनारायणलाई भेट्न उनी गए।
पृथ्वीनारायणले सजिलै उनको योग्यता र क्षमताको पहिचान गर्न सके र उनलाई काजीको जिम्मेवारी दिए। र तत्कालै सिन्धुलीबाट अंग्रेजलाई लखेट्ने जिम्मेवारी दिएर सिन्धुलीमा पठाए।
उनले युद्ध मोर्चामा पिठ फर्काउनै परेन। उनीले सम्हालेको मोर्चामा छापामार तरिकाले पराक्रम देखाए। छरितो किसिमले आफ्ना घरेलु हतियार, घोचाघारा ढुंगामुढा जे तयारीमा थिए वा तत्काल युद्ध मैदानमा भेटिन्थे सबैको कुशलतापूर्वक प्रयोग गरे।
उनी उनले कमाण्ड गरेका बहादुर योद्धा सहकर्मीहरु र अन्या मोर्चा सम्हालेका अन्य अधिकृत,कमाण्डर तथा योद्धाहरुको पराक्रमले बलियो शक्ति अंग्रेजलाई पराजित गरेर लखेट्न सफल भए।
सिन्धुलीको लडाईंमा सरदार वंशु गुुरुङ काजी वंशराज पाण्डे,खजान्ची वीरभद्र उपाध्यय जगतसिंह राई, श्रीहर्ष पण्डित तथा सेनापति रामकृष्ण कुवँर आदि सबैजनाले तालमेल मिलाएर छापामार तरिकाले अंग्रेजमाथि आक्रमण गरेका-गराएका थिए।
उच्च तालिम प्राप्त उच्च स्तरका हतियार र संख्यामा पनि उच्च नै भएपनि उच्च मनोबल र उच्च देशभक्तिले कमसल हतियार र थोरै संख्या भएपनि गोरखाली अर्थात नेपाली फौजले अंग्रेजलाई हायलकायल बनाएर लखेटेका थिए। धेरै हतियार पनि हात पारेका थिए। स्थानीय तहमा रामचन्द्र प्रसाईं र जयनारायण मगर आदिले योद्धाहरु तथा आर्थिक सहयोग जुटाएका थिए।
यो लडाईंंको रणनीतिक हिसाबले नेपालको लागि धेरै महत्वको लडाईं भए पनि चर्चाको हिसाबले पनि त्यति महत्व पाएको छैन नेपालको युद्ध इतिहासमा, युद्ध साहित्यमा वा इतिहास सम्बन्धिका पाठयक्रममा पनि। यो उल्टो भएको छ। यसलाई सच्याउनु पर्दछ।
धेरै नेपालीहरुलाई सरदार वंशु गुरुङ, खजाञ्ची वीरभद्र उपाध्यय, काजी वंशराज पाण्डे तथा काजी जगतसिंह राईको नाम नै थाहा छैन। सिन्धुली पौवागढीमा भएको गर्व गर्न लायकको त्यसबेलाको विश्वशक्ति मानिने अंग्रेजशक्तिमाथि नेपाली सैनिकको विजयी इतिहासबारे थाहा नै छैन।
सिन्धुली गढीमा युद्ध वा विजयी पार्क बनाएको छ। थाहा छैन त्यहाँ त्यस युद्धका प्रतिनिधि नायकहरु सेनापति रामकृष्ण कुवँर, काजी वंशराज पाण्डे, काजी जगतसिंह राई,सरदार बंशु गुरुङ र खजान्ची वीरभद्र उपाध्याय, श्रीहर्ष पण्डित आदिको सालिक सबै याेद्धाहरुको सम्मानको लागि बनाउनु पर्दछ।
इतिहासको सम्मानको लागि, वीरहरुको सम्मानको लागि , गौरवपूर्ण सर्वाधिक रणनीतिक महत्वको युद्ध र विजयको सम्मानको लागि र भावी पुस्तामा प्रेरणाको लागि पनि।
पूर्व ३ नं खोटाङ याङसोलामा जन्मिएका जगतसिंह राई चाम्लिङ राई परिवारमा जन्मिएका थिए। उनका सन्तानभध्ये नाराङ्गा गाउँमा बसोबास गरेका जमानसिंह राई अमालसिंह राईहरु रहेछन्। त्यो बाहेक थप विवरण थाहा नपाएको भनिन्छ। वंशवाली खोजेमा थप विवरण पत्ता लाग्न सक्छ।
सिन्धुली गढी नजिकको पौवा गढी आडामा गोरखाली फौज र अंग्रेजफौजको भिडन्त भएको स्थान हो। र तत्कालीन विश्वशक्ति अंग्रेजफौज गोरखाली फौजसँग पराजित भएको स्थान हो। यो विजयले संसारभरमा बाह्य शक्तिलाई धकेल्ने र लखेट्न चाहनेहरुको लागि सन्देश,उर्जा र प्रेरणा दिएको छ।
यो विजय संसारको लागि एउटा आँट पनि भएको छ। यो विजयको महत्व नेपाल भित्र मात्र होइन नेपाल बाहिर पनि त्यतिकै महत्वको छ। यो विजयले नेपाल मात्रै जोगाएन कि चीनको स्वतन्त्रता पनि जोगाएको छ। भारतको लागि पाठ भएको छ। चीनको लागि राहत भएको छ। अंग्रेज तिब्बतहुँदै छिर्नबाट रोकिएको थियो।
अमेरिकी लेखक थोमस पेनले पर्चा लेखेका रहेछन् “सानो गोर्खाले बृटिस उपनिवेशलाई लखेट्न सक्छ, हामी किन सक्दैनौं”। यसरी हाम्रो सिन्धुली विजय अमेरिकी स्वतन्त्रता संग्रामको समेत प्रेरणा र उर्जा भएको छ। पृथ्वीनारायणदेखि सबै योद्धाहरु यो गौरवपूर्ण प्रेरणाको लागि स्तुत्य छन्। यसले नेपालको गौरव बढाएको छ।
सम्पूर्ण राईहरुले काजी जगतसिंह राईलाई राष्ट्रिय विभूति घोषणा गरियोस् भनेर माग गर्नुहोस्। जगतसिंहको सालिक उनले पराक्रम देखाएको स्थान सिन्धुली र जन्मेको स्थान खोटाङ याङसोलामा खडा गरियोस् भनेर यो मागलाई मुलुक कै माग बनाउन सबैलाई यो मागमा जोड्नुहोस्।
उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले अघि बढाएको नेपाल एकीकरण अभियानको वाधक उपनिवेशवादी शक्ति बिरुद्ध देखाएको पराक्रमी पहिचानलाई राष्ट्रिय पहिचान बनाउन जोड दिनुहोस्।
राईहरुले नेपाल एकीकरणमा दिएको योगदानको प्रतिनिधि नायकको रुपमा काजी जगतसिंह राईलाई स्थापित गराउन सबै किसिमका सकृयता देखाउनुहोस्।
काजी जगतसिंह राईहरुको योगदानलाई ओझेलमा पार्न, उनको योगदानमाथि राईहरुले गर्व नगरुन्, उनको योगदानबाट प्रेरणा नलिउन् भनेर उनी जस्तै अन्य राईहरुले नेपाल एकीकरणमा दिएको योगदान छोपिएर एकीकरण अभियान र पृथ्वीनारायणप्रति घृणा बढोस् भनेर राईहरुमाथि पृथ्वीनारायणले अत्याचार गरे भनेर फिरंगीहरुले भ्रमपार्ने दुरासयसाथ झुटो कथित इतिहास समेत लेखे र प्रचार गरे।
फिरंगीले लेखेको षडयन्त्रपत्र हाम्रो इतिहास होइन, त्यसलाई सन्दर्भ सामाग्री नबनाऔं। त्यसले सत्य दिदैन भ्रम मात्र दिन्छ, विभजन मात्र दिन्छ।
वेद, मुन्धुम र त्रिकुट हाम्रो शक्ति हो हामी यसैमा जोडिनुपर्छ।
आ-आफ्नो कुलधर्म नछोड भन्दै जोडेको नोपाल हामीलाई छोड्ने पृथ्वीनारायण हाम्रा साझा शक्ति हुन्। यो शक्ति निर्माणमा धेरै जगतसिंह राईहरु जोडिएका छन्। पृथ्वीनारायणको सालिकमा धेरै जगतसिंहरु हुन्छन् भने जगतसिंहरुको सालिकमा पृथ्वीनारायण हुन्छन्। यही नै नेपालको वास्तविक शक्ति हो।
Facebook Comment