अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापतिमा जसपाको उम्मेदवार राजकिशोर यादव

डिसी नेपाल
१० भदौ २०८० ११:५७

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गत समितिको सभापति चयनका लागि आइतबार मनोनयन गर्दा प्रक्रिया चलिरहेको छ ।

आइतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । अन्तर्राष्ट्रिय सम्बध र पर्यटन समितिको सभापतिमा जसपाबाट राजकिशोर यादवले उम्मेदवारी दिने भएका छन् ।

प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिका लागि हुने निर्वाचनमा अन्तर्राष्ट्रिय सम्बध र पर्यटन समितिको सभापतिमा यादवले उम्मेवारी दिने भएका हुन् । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको भागबन्डा अनुसार अन्तर्राष्ट्रिय सम्बध समिति जसपाको भागमा परेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *